सन्चारकर्मी थापाको दोहोरी गीत “ज्यान जाला” सार्वजनिक

0
82

प्रतिक्षा काकी
बैशाख २२,२०७८ गुल्मी :पछिल्लो समय हरेक नेपालीको मन जित्न सफल बनेको छ लोक क्षेत्र र लोक गीत हरेक नेपालीको मन मुटुमा लोक गीतको छुट्टै पहिचान बनेको छ । सोहि कुरालाई मध्यनजर गर्दैै सन्चारकर्मी हुकुम थापाको पहिलो लोक गीत सार्वजानीक भएको छ ।

सन्चारकर्मी थापाको दोहोरी गीतको बोल “ज्यान जाला ” रहेको छ । जसमा धेरै दर्शकहरुले आसा गरेको लोक गीतमा चर्चित लोकप्रिय गुल्मेली सर्जक नेत्र अर्यालको लय तथा शब्द , महेन्द्र भण्डारीको एरेन्जमा चर्चित तथा लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री, हिमा थापा, हुकुम थापा र मधु घिमिरेको सुमधुर आवाजमा नयाँ लोक दोहोरी “ज्यान जाला” आज सार्वजानिक भएको हो ।
गायक हुकुम थापाले रेडियो गुल्मी ९१।२ मेगाहर्ज, रुरु एफ एम ९५।८ मेगाहर्ज अनि रुद्रावति एफ। एम ९८।१ मेगाहर्ज मार्फत लोकप्रिय कार्यक्रम लोक मन्जरी, लोक विसौनी, बाल चौतारी , र लोक सन्ध्या जस्ता कार्यक्रम सन्चलन गर्दै आएका छन ।

गाएक हुकुम थापा २०७३ साल देखी रेडियो क्षेत्रमा लागेका हुन् । उनले समाजसेवा काम गर्दा उनलाई उमेरले पनि छेकेन् । विभिन्न कालखण्डमा उनले धेरै परिश्रम गरेका छन् ।त्यसैले उनी अहिले यो अवस्थामा आएको परिवारले जनाएको छ ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालीका वार्ड नं। ६ चिदिपानी गुल्मीमा जन्म भई अहिले रेडियो लागाएत टेलिभिजन क्षेत्रमा कार्यरत छन । सन्चारकर्मी थापा गुल्मी जिल्लाको टेलिभिजन मा पनी कार्यरत रहेका छन ।

SHARE