चन्द्रकोटमा १७ शैयाको आइसोलेशन निर्माण

0
245

हुमाकान्त पोखरेल,
बैशाख २२,२०७८ गुल्मी : दोस्रो चरणको कोरोना नियन्त्रणको लागि जिल्लाको चन्द्रकोट गाउँपालिकाले १७ शैयाको आइसोलेशन बनाएको छ ।
चन्द्रकोट क्याम्पसमा १४ शैया र शान्तिपुर स्वास्थ्य चौकीमा तीन शैयाको आइसोलेशन निर्माण गरिएको हो । जसमा सातवटा अक्सिजन रहेका छन् । दुईवटा अक्सिजन नियमित संचालनको लागि जेनेरेटरको पनि व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताए ।
गाउँपालिकामा भारतबाट आएका ३९ जना र तेस्रो मुलुकबाट आएका ११ जना आएका छन् । अहिले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सबै नियमित सम्पर्कमा रहेको खत्रीले बताए ।
गाउँपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक सबै तयारी गरेको छ । संक्रमितको शव पालिकाका दुई ठाउँमा मात्र दाहासंस्कार गर्ने निर्णय गरेको अध्यक्ष खत्रीले जानकारी दिए । कोरोना नियन्त्रणका लागि सबै आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्ने अध्यक्ष खत्रीको भनाई छ ।

SHARE