धुर्कोटमा होम आइसोलेसनमै उपचारको प्रर्वन्ध ,व्यवस्थापन गर्न मोवाइल टोली

0
252

टोपलाल अर्याल
बैशाख २१,२०७८ गुल्मी :धुर्कोट गाउँपालिकाले कोरोना संक्रमितको हेरबिचार गर्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको मोवाइल टोली निर्माण गरेको छ ।
अहिले संक्रमित स्थानबाट आएका व्यक्ति र संक्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा बस्दा स्वभाविक रुपमा मनोवल बढ्ने र खानपानमा समेत सुविधा हुने गरेको छ ।
त्यसैले संक्रमितलाई आवश्यक परे घरमै स्वास्थ्य सेवा र परामर्श दिन प्रत्येक वडामा एक जना अहेवहरु फोकल प्रर्सन समुह निर्माण गरिएको छ । भने गाउँपालिका स्तरिय सिनियर अहेव र हेल्थ असिस्टेण्टसहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको मोवाइल टोली बनाइएको छ । वडा र गाउँपालिका स्तरिय मोवाइल टोलीलाई धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डाक्टर जनक पाठकले संयोजन गर्ने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए ।
वडाको अहेव नेतृत्वको टोलीले संक्रमितलाई भेटेर स्वास्थ्य अवस्था, औषधी वितरण र आवश्यक व्यावस्थापनको बिषयमा जानकारी लिने तथा संक्रमितलाई अक्सिजन आवश्यक पर्ने स्थिती आए गाउँपालिका स्तरिय मोवाइल टोलीलाई खबर गरेर अस्थायी कोभिड १९ अस्पताल वर्बोटमा उपचार गर्ने व्यावस्था गाउँपालिकाले गरेको छ । बरबोटमा ५ बेडको कोभिड अस्पताल संचालन गरिएको छ ।

मेडिकल अधिकृत र अक्सिजनसम्मको आवश्यक हुने कोभिड बिरामीलाई घरमै वा गाउँपालिकामै उपचारको सवै प्रर्बन्ध मिलाइएको पोख्रेलले बताए । गाउँपालिकाले कोरोना परीक्षणलाई पनि जोड दिएको छ । प्रत्येक दिन धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र र बिरामीको अवस्थाका आधारमा घरमै पुगेर पनि एन्टिजिन परीक्षण गरिएको सिनियर अहेव तथा कोरोना बिशेष सूचना अधिकारी डिल्लीराज पराजुलीले जानकारी दिए ।
धुर्कोट गाउँपालिकामा ७ महिला १३ पुरुष गरेर २० संक्रमित छन् । २७ जनाको एन्टिजिन परीक्षण गरिएको छ । त्यस्तै गाउँपालिकाले कुनै कोरोना संक्रमितको ज्यान गएमा गाउँपालिका भित्र परिवारले चाहेको स्थान वा घाटसम्म निशुल्क शव बाहन उपलब्ध गराउने निर्णय गरेको छ ।

SHARE