कोरोना नियन्त्रणमा मालिका गाउँपालिकाको चासो

0
414

टोपलाल अर्याल
बैशाख, २१,२०७८ गुल्मी : मालिका गाउँपालिकाले सवै वडाहरुमा एन्टिजिन परीक्षण गरिरहेको छ । अहिलेसम्म ३३ जनाको एन्टिजिन परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गरेको परीक्षणमा ६ र बाहिर परीक्षण गरेका गरेर १४ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए ।
भुसालका अनुसार सवै वडामा सर्वदलिय र सर्वपक्षिय कोरोना नियन्त्रण तथा व्यावस्थापन समिति गठन गरिएको छ । समितिले जनचेतना र क्वारेन्टाइन निर्माण लगायतका काम गरिरहेको छ । त्यस्तै एउटा एम्बुलेन्स र जीप आफुहरुसंग भएकाले अझै एउटा टयाक्टरको व्यवस्था गरिने भुसालले बताए ।
उनले सवैले आआफ्नै घाटमा शव दाहसंस्कार गर्ने र शव बाहनको लागि आफुहरुसंग गाडी रहेको जानकारी दिए । गाउँपालिकाको वडा नं ६ अर्जेमा ५ वेडको अस्थायी कोभिड–१९ अस्पताल संचालन गरिएको छ । अस्पतालमा हेल्थ असिस्टेण्टको नेतृत्वमा अक्सिजनसहितको सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।
त्यस्तै प्रत्येक स्वास्थ्य संस्थाहरुमा हेल्प डेक्सको व्यावस्था गरिएको छ । उनले आवश्कताको आधारमा थप आइसोलेसन निर्माणको लागि पनि आफुहरु तयारी अवस्था रहेको बताए ।

SHARE