इस्मामा कोभिड अस्पतालसंगै २० वेडको आइसोलेसन

0
272
फाइल तस्बिर

टोपलाल अर्याल
बैशाख २१,२०७८ गुल्मी :गत बर्ष कोरोना नियन्त्रणमा अब्बल मानिएको इस्मा गाउँपालिका अहिले पनि कस्सिएर लागेको छ । कोरोना नियन्त्रणको लागि गाउँपालिकादेखि वडा स्तरसम्म कमिटीहरु गठन गरिएको छ । भने कोरोनाको परिक्षण, संक्रमितको व्यावस्थापन, स्वास्थ्य उपचार र परामर्शलाई जोड दिएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।
उनले जिल्ला प्रशासन कार्यालयले जारी गरेको निशधाज्ञाको पूर्ण कार्यान्वयनमा सवै संयन्त्र परिचालन गरिएको जानकारी दिए । गाउँपालिकाले सुविधासहितको ५ बेडको अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको छ । एक जना मेडिकल अधिकृत (डाक्टर) सहित हेल्थ असिस्टेण्टसहितको स्वास्थ्यकर्मी, अक्सिजन र प्रयाप्त औषधीसहित अस्पताल संचालनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले जानकारी दिए ।
इस्मा गाउँपालिकाले रामराज्य माविमा २० वेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरिएको गाउँपालिका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन् । गाउँपालिकाले प्रमुख नाका छल्दी पनाह र प्रत्येक स्वास्थ्यचौकीहरुमा पनि हेल्प डेक्सको व्यावस्था गरेको खत्रीले बताइन् । कोभिड–१९ अस्पताल इस्माका प्रमुख डाक्टर निश्चल शर्माले व्यक्ति स्वय सचेत बन्नुनै पहिलो कोरोनाबाट बच्ने उपाय भएको बताए ।
उनले अहिले संक्रमित स्थानबाट आउनेहरु र संक्रमितलाई होम आइसोलेसनमै पठाइएकाले थारै सावधानी नभए व्यक्तिसंगै परिवार समुदाय संक्रमित हुने अवस्थाको बिशेष ख्याल गर्न सवैलाई आग्रह गरे । ‘संक्रमित आफै चनाखो बनौ र उसको बारेमा परिवार र समुदायले पनि ख्याल गरौ,’शर्माले भने,‘स्वास्थ्य समस्या परे हाम्रो टोली २४ घण्टा तत्पर छ ।’

SHARE