गुल्मीमा मंगलबार थप ३८ जना कोरोना संक्रमण पुष्टि

0
220

अजय खड्का

बैशाख २१,२०७८ गुल्मी :गुल्मीमा मंगलबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ९ जना र एन्टिजेन परीक्षणमा २९ जना गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३०५ पुगेको छ । जसमध्ये रेसुङ्गा नगरपालिकामा ११, मुसिकोटमा ४१, मालिकामा १०, मदानेमा १३, धुर्कोटमा १८, कालीगण्डकीमा ८, सत्यवतीमा २६, रुरुक्षेत्रमा ३०, छत्रकोटमा २२, इस्मामा २ र गुल्मीदरबारमा १८ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए ।

SHARE