मुसिकोट तीनको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

0
381

सूर्य सुनार
बैशाख २१,२०७८ गुल्मी :मुसिकोट नगरपालिका वडा नम्बर ३ को विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । वडाध्यक्ष कर्णध्वज जिसीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा रोकथाम र व्यवस्थापनमा केन्द्रित भई बैठक बसिएको वडा सदस्य शंकर रायमाझीले जानकारी दिए ।
वडामा स्वदेश तथा विदेशबाट आउनेलाई अनिवार्य १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको छ । स्वास्थ्यमा कुनै समस्या आएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने भनिएको छ । कुनै कारण संक्रमण भएमा पृथ्वी माबीमा बस्नुपर्ने जस्ता निर्णय गरिएको छ । वडामा १० शैयाको बेड अनिवार्य बनाउन पर्ने भएकाले पृथ्वी मा वि लाई प्रयोग गरिने भएको छ ।
वडा नम्बर ३ मा अहिले सम्म ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बडागाउँ स्वास्थ्य चौकी प्रमुख मनोज श्रेष्ठले जानकारी दिए । ५ जना संक्रमितको अवस्था सामान्य रहेको श्रेष्ठले बताए ।
वडाध्यक्ष कर्णध्वज जिसीले संक्रमण बढिरहेकाले आवश्यक काम बाहेक घर बाहिर नहिड्न आग्रह गरेका छन् । मास्कको अनिवार्य प्रयोग गर्न वडा वासीलाई जिसीले अनुरोध गरेका हुन् । मुसिकोट नगरपालिका वडा नम्बर ३ ले कोरोना भाइरसको संक्रमण बढेसंगै आवश्यक सतर्कता अपनाउदै आएको छ ।

SHARE