गुल्मीमा पुराना गाडीले बढ्दै दुर्घटना

0
22

हुमाकान्त पोखरेल
वैशाख १९,२०७८ गुल्मी :जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदार डिबी थापा स्वर्गद्धारी घुम्ने सपना देख्दै नयाँबर्षकै दिन वैशाख १ गते बिहानकरिब ४ बजे गाडीमा चढे ।तर उनी स्वर्गद्धारी मन्दिरसम्मपुग्नपाएनन् । बीचमै गाडी दुर्घटना भयो । दुर्घटनामा परी पाचँजना सहकर्मीहरुलाई गुमाए। उनको ढाडको करङ भाचिँयो ।
गाडी स्वर्गद्धारीनजिकै पुग्दाबसलाई ओभरट्यागगर्दा सडकबाट तल पल्टेको थियो । लु १ ज १६५५ नम्बरको जिपको अवस्था नै ठिक थिएन । सातमोडलको १३बर्षअघि निकालेको उक्त जिपआफैमा पुरानो भइसकेको थियो । ‘उक्त गाडीमा जाने÷नजाने भन्नेमै विवादथियो, नभन्दैै बाटोमाचार पटक गाडी बनाएको हो ।’ उनले भने, ‘तर स्वर्गद्धारी पुग्नैपाइएन, साथिहरुलाई गुमाउदादुःखलागेको छ ।’जीपमाआवश्यकपाचँओटा नटमध्ये दुईवटा नट नै नभएको र बाँकीतीनओटा नट पनि भरपर्दो नभएकोले दुर्घटना भएको उनले बताए ।
०७७मंसिर १८ गते गुल्मीको इस्मागाउँपालिका –४ दोहोलीबाट कुल पुजामा जानको लागि हिडेको जीप बाग्लुङको भिमगिठेमा दुर्घटना भयो । जीप १२ सिट क्षमताको हो । तर २६जना सवार थिए ।जसमध्येआठ जनालाई खरमा रहेको प्रहरीले ओरालेको थियो ।
दुर्घटनामा १६ जनाको मृत्यु भयो । लु १ ज ५२१९नम्बरको उक्त जीप १३ बर्ष पुरानो हो ।उक्त जीप त्यस भन्दा पहिले पाल्पाको केराबारी लगायतका स्थानमा गरी तीनपटक सम्म दुर्घटनामा परेको थियो । पहिले दुर्घटना हुँदा नै जीपको अधिकाशं भाग बिग्रिएको र राम्रो मर्मत नभएकोले दुर्घटना भएको सोहीजीपका घाइते (हालउपचारपछि निको भएका) जिवन कार्कीले बताए ।
‘यसभन्दापहिले पनि तीनपटक दुर्घटना भएको रहेछ, हामी चौथो पटकको दुर्घटनामा प¥यौ ।’ उनले भने, ‘मैले यो गाडीमा नजामभनेको थिए, तर सबै दाजु भाईको आग्रहमायात्रागरियो ।’ जीपमा सवार आफ्नै हजुरआमा सहित सबै छिमेकी गुमाउनुपर्दा धेरै पीडा भएको र हालसम्मपनि गाडीमा चढ्न डर लाग्ने उनी बताउछन् । ‘सिट नभएर जीपको पछाडी हजुर बुवाको खुट्टामा बसेको थिए, त्यसपछि के भयो ? केहीथाहाभएन ।’ उनले भने, ‘तीनदिनपछि एक्कासी काठमाडौ अस्पतालमा पुगेको थाहा पाउदा झसङ्गभए ।’
गतबर्षको मंसिर १२ गते हिान७ ः२० को समयमा इस्मा गाउँपालिका –४ दोहोलीबाट तम्घास जाने क्रममा हुलमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना भयो ।तीन मोडलको उक्तजीप १९ बर्ष पुरानो हो । पुनारो भएकोले जीपको कन्डिसन ठिक थिएन । जीपकाअधिकाशं पाठपुर्जा खराबथिएभने उकालोमा कम तान्थ्यो । १२ सिट क्षमताको जीपमानौ जनामात्र सवार रहेपनिपाचँजनाको घटनास्थलमै ज्यानगएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
गतबर्षको पौष महिनामा तम्घासबाट रेसुङ्गानगरपालिकाको पराल्मीतर्फ जादँै गरेको सफारी जीप पराल्मीमा साझँ साढे ६ बजे दुर्घटना भयो । लु १ ज १९८८ नम्बरको जीपतीनमोडलको हो । १९बर्षको पुरानो जीपको धेरै मर्मत पनिथिएन् । त्यसैले गर्दा ओरालो र चिफ्लो बाटोमाजीप दुर्घटनामा प¥यो । पुरानो जीपभएकै कारण तीनजनाले अल्पायुमै ज्यान गुमाए भने चारजना गम्भिर घाइते भए ।
७६ दुर्घटना, ५३ को मृत्यु
माथिउल्लेखित त केही उदाहरण मात्र हुन् । जिल्लामा र जिल्लाबाट छुटेका अधिकाशं पुराना गाडीहरु दुर्घटनामा परेका छन् । प्रायजसो कच्ची सडकमा चल्ने अधिकाशं गाडीहरु १२÷१३ बर्षदेखि २१ बर्षसम्मका छन् । जसकाकारण जिल्लामा दुर्घटनाको तथ्याङ्क डरलाग्दो छ । जिल्लाभित्रआ.व. ०७५÷७६ देखि चालु आर्थिक बर्षको चैत महिनासम्म७६ दुर्घटना भए । जसमा ५३ जनाले अकालमा ज्यानगुमाए । ९० जनागम्भिर घाइते भएभने ७८ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले जनकारी दिए । उक्त रेकर्ड जिल्लाभित्र दुर्घटना भएकाको मात्रै हो । जिल्लाबाट छुटेकातर अन्यजिल्लामा दुर्घटनामा परेकाको रेकर्ड भने उक्त तथ्याङ्कमा समावेश छैन ।
राज्य संवेदनशिल भएन
नेपाल नागरिक समाज गुल्मीका अध्यक्ष गुणनिधी शर्माले जिल्लामा चल्ने अधिकाशं सार्वजनिक यातायातको अवस्था नै ठिक नभएको बताए । त्यसै माथि चालकलाई प्रशिक्षणको कमी,कच्चीर ग्रेडिङ नमिलेका सडक, गाडीहरुको जाचँपास नहुनु लगायतका कारणले गर्दा जोखिम बढिरहेको शर्माको भनाई छ । गाडी धनीहरुले समयमै गाडीको मर्मत नगर्दा त्यसको मारमा गाडी चालक र यात्रु पर्ने गरेको तर राज्य संवेदनशिल नभएको उनले आरोप लगाए ।
स्वर्गद्धारीमा दुर्घटना भएको जीपका धनी महेशराज भण्डारीले जीपको अवस्था ठिक भएको र गाडी जबरजस्ती ओभरट्याग गर्दा दुर्घटना भएको दाबी गरे । आफुले गाडी सधै मर्मत गर्ने सोही गाडीमा नै नेपालगञ्ज सम्म जाने योजना रहेको उनले सुनाए । ‘कहिलेकाहीँ त हामीपनि बिरामी हुन्छौ ।’ उनले भने, ‘हिड्न भन्दा अगाडी यात्रुले पनि ख्यालगर्नुपर्छ ।’ दुर्घटना भइसकेपछि मानिसले अनेक थरी ढङ्गले विश्लेशषण गर्दा मन दुखेको उनले बताए ।
ऐनविपरित सवारी चलाउछौं
गुल्मी यातायात व्यवसायी संघका अध्यक्ष रुपक श्रेष्ठले नेपालमा नियम विपरित गाडी गुडाउने कारणले गर्दा दुर्घटना बढेको प्रतिक्रिया दिए । कुन बाटोमा कस्तो गाडी गुडाउने ?भन्ने सम्बन्धमा ऐन एकातर्फ भएपनि जिल्लाको सन्दर्भमा प्रशासन र राजनीतिक दलहरुसँगको समन्वयमा जोखिम मोलेर सवारी चलाएको उनले बताए । त्यसका साथै ग्रेड नमिलेको बाटो, चालकको अपरिपक्वता, सवारी मर्मतको कमी लगायतका कारण पनि दुर्घटना बढेको उनको भनाई छ । जिल्लामाअझै पनि १÷२ मोडलका गाडी ८ देखि १० वटासम्म रहेको श्रेष्ठले जानकारी दिए ।
राज्यसँग सवारीको तथ्याङ्क नै छैन
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उद्धव पन्थीले जिल्लामाचल्ने सवारीहरुको प्रशानसँग तथ्याङ्क भएको बताए । प्रशासनमा सरकारी कार्यालयहरुसँग भएको सवारीको मात्रै विवरण रहेको भन्दै निजी सवारीहरुको विवरण सम्बन्धित यातायात व्यवसायीको कार्यालयमा हुने प्रतिक्रिया दिए।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुर्घटना न्यूनिकरको लागि सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने प्रतिक्रिया दिइन् । यातायातको कार्यालय बुटबलमा रहेको र दुर्घटना सम्बन्धि समिक्षा बैठक राख्न धेरै प्रयास गरेपनि आफु सफल नभएको उनको भनाई छ । प्रशासनको तर्फबाट अनुगमनगर्ने लगायतका काममा केही कमी नभएको समेत उनले दाबी गरिन् । अब छिट्टै अर्को बैठक राखेर पुराना गाडीहरुको बिषयमा पनि छलफल गर्ने उनले बताइन् ।

SHARE