सत्यवती गाउँपालिकाको वडा नम्वर ७ शिल

0
400

बैशाख१९,२०७८ गुल्मी : गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ७ जुनियाँलाई २९ गतेसम्मका लागि शिल गरिएको छ । वडामा संक्रमणका कारण ६० बर्षका एक पुरुषको मृत्यु भएपछि थप संकमण फैलिन नदिनका लागि वडा शिल गरिएको वडा अध्यक्ष लोकबहादुर बुढाथोकीले जानकारी दिए ।
सो समय सम्मका लागि अत्यावश्क काम बाहेक अन्य केही कार्यहरु नहुने वडा कार्यालयले जनाएको छ । वडा भित्र आवत जावतमा पुर्णरुपमा बन्देज गरिएको र स्वास्थ्यका मापदण्डहरु पालना गर्न पनि आग्रह गरिएको छ ।
यस्तै सत्यवती गाउँपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवाहरु बाहेक सबै सेवाहरु २५ गतेसम्मका लागि बन्द रहने प्रमुख प्रशासकीय अधिकृत झबिस्वर रेग्मीले जानकारी दिए ।
जिल्लामा संक्रिय संक्रमितको संख्या २६६ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो चरणको संक्रमणका कारण जिल्लामा ११ जनाको ज्यान गइसकेको छ ।

SHARE