दाङमा थप एक कोरोना संक्रमितको मृत्यु

0
268

बैशाख १९,२०७८ दाङ : कोरोना भाइरस संक्रमणबाट दाङमा थप एकजना पुरुषको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको आइतबार बिहान ८ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए।

ती पुरुष बैखाश १२ गते अस्पतालको आइसियुमा भर्ना भएका थिए। उनलाई कोरोनासँगै निमोनियाको संक्रमण रहेको वलीले जानकारी दिए।

SHARE