बर्दियामा १० जना संक्रमितको मृत्यु

0
335

बैशाख१८,२०७८ बर्दिया : बर्दियासँग सीमा जोडिएको भारतमा कोरोना संक्रमणले भयावह रूप लिएको छ। छिमेकी जिल्ला बाँकेमा संक्रमण भयावह भइरहेको छ। यसले पनि बर्दिया संक्रमणको उच्च जोखिम छ।

कोरोना परीक्षण गराएकामध्ये ८८ प्रतिशतमा संक्रमण देखिएको जिल्ला अस्पताल बर्दियाका जनस्वास्थ्य अधिकृत नरेश बाबु श्रेष्ठले बताए। श्रेष्ठका अनुसार चैत २६ यता संक्रमण पुष्टि भएकामध्ये १० जनाको मृत्यु भइसकेको छ। त्यसअघि १९ जना संक्रमितको मृत्यु भएको थियो।

बर्दियामा ७१९ जना संक्रिय संक्रमित छन्। कुल संक्रमितको संख्या २ हजार २२५ जना रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ। सबैभन्दा धेरै बर्दियाको सदरमुकाम गुलरियामा ४०८ जनामा संक्रमण पुष्टि भएको छ।

SHARE