धुर्कोट गाउँपालिकाले संक्रमित ब्यक्तिको शब ब्यबस्थापन गर्नका लागि १५ पिस डेथ बोडी ब्याग खरिद गर्ने

0
583

बैशाख १७,२०७८गुल्मी :गुल्मीको धुर्कोेट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ ।
शुक्रबार विपद व्यवस्थापन समिति संयोजक तथा गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको अध्यक्षतामा गाउँपालिकाको बर्बोटमा सम्पन्न बैठकले कोरोना भाइरस कोभिड १९ माहामारीमा पालिकाले अपनाउने विषयमा केन्द्रित रहेर छलफल गरिएको जनाएको छ ।
बैठकले कोभिड १९ कोरोना भाइरस संक्रमित ब्यक्तिको मृत्यु भएमा पालिकामा रहेको टिपरको प्रयोग गरी सवको व्यवस्थापन गर्ने, साथै १५ पिस सव कभर खरिद गर्ने, सव व्यवस्थापनको लागि ठाउँको व्यवस्था वडाहरुले गर्नुपर्ने, कार्यलयमा भएको सिंगल क्याव गाडि स्वास्थ्य सामाग्री तथा मोबाइल स्वास्थ्य सेवा कोभिड केशमा प्रयोग गरिने, जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्ने÷गराउने, खेलकुद, आमसभा, जुलुश तथा भिडभाड नगर्ने, अर्को सुचना नआएसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ ।
त्यस्तै धुर्कोट गाउँपालिका भित्र बसोवास गर्ने, जिल्ला बाहिर भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको छुट्टाछुट्टै तथ्याङ्क लिनको लागि सम्बन्धित टोलका शिक्षक र महिला स्वयम सेविकाहरुलाई परिचालन गर्ने, विहिबार जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा भएका निर्णयहरुलाई आफ्नो वडामा लागु गर्ने, साथै उक्त निर्णय बमोजिम प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा कोभिड १९ रोकथाम, व्यवस्थापन, सहजिकरण, समन्वय तथा निगरानिको लागि कार्य समुह गठन गरी परिचालन गर्ने निर्णय भएको छ ।
कोभिड संक्रमित व्यक्तिहरुको स्वास्थ्य अनुगमन तथा निगरानिको लागि गाउँपालिका स्तरीय मोबाइल समुह परिचालन गर्ने, त्यसको लागि प्राथमिक स्वास्थ्य केन्द्र वाग्ला र जैसिथोक स्वास्थ्य सँस्थाबाट १।१ जना स्वास्थ्यकर्मि खटाइने, सामान्य संक्रमित ब्यतिmको स्वास्थ्य अनुगमनको लागि प्रत्येक स्वास्थ्य संस्थाबाट फोकल प्रर्शन परिचालन गरिने, गम्भिर संक्रमित ब्यक्तिको उपचारको लागि आवश्यक पर्ने अक्सिजन तथा औषधि तथा आवश्यक स्वास्थ्य परामर्श दिन पालिका स्तरीय मोबाइल टिम परिचालन गरिने, कोभिड संक्रमित व्यक्तिको उपचारका लागि चाहिने आवश्यक अक्सिजन सिलिन्डर, आवश्यक सामाग्री मुख्यमन्त्रि ग्रामिण कार्यक्रम अन्तर्गत विपद व्यवस्थापनको लागि छ्टयाइएको रकमबाट खरिद गर्ने साथै आवश्यक औषधि समेत खरिद गर्ने निर्णय भएको छ ।
गाउँपालिका भित्र सञ्चालित निमार्णाधिन आयोजनाहरु सुरक्षामा मापदण्ड अपनाई निमार्ण कार्यलाई निरन्तरता दिन पनि निर्णय गरिएको छ ।

SHARE