गुल्मीमा शनिवार राती १२ बजेदेखि २५ गते राती १२ बजेसम्म निषेधाज्ञा

0
621
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

बैशाख१७,२०७८ गुल्मी : गुल्मीमा भोली (शनिबार) राति १२ बजेदेखि २५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लामा कोरोना संक्रमणको दर उच्च भएको र आज सम्म २०६ जनामा कोरोना संक्रमण पुष्टि भएकाले निषेधाज्ञा जारी गरिएको गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जानकारी दिइन् ।
निषेधाज्ञा जारी गरिएको समय अबधिमा अति आवश्यक बाहेक अन्य सेवाहरु सबै बन्द रहने छन् । जिल्लाका खाद्य सामग्री , दुध, फलफूल,तरकारी माछा मासु, पानी,ग्यास पेटा«ेलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ बजेदेखि ९ बजे सम्म स्वास्थ्यका मापदण्डहरु पुरा गरी संचालनमा रहने प्रशासनले जनाएको छ । यस्तै बैंकहरु बिहान १० बजेदेखि १२ बजेसम्म भीडभाड नगरी संचालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
बिवाह ,प्रयोजनका लागि शुभ बिवाह लेखिएको ब्यानर सहित बढीमा दुईवटा गाडीमा १५ जना सम्मलाई नजिकैको प्रहरी चौकीबाट सहजीकरण गर्ने प्रशासनले जनाएको छ । जिल्लामा संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

SHARE