चट्याङ लागेर रोल्पामा बालकको मृत्यु

0
678

बैशाख१७,२०७८ : रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेकको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

बिहीवार दिउँसो करिब ३ बजेतिर चट्याङ लागेर अभिषेक घाइते भएका थिए । उनलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

SHARE