दाङमा एकै दिन ४ कोरोना संक्रमितको मृत्यु

0
28

बैशाख १६,२०७८ दाङ : दाङमा बिहीबार मात्र थप २ सय ८ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ।

घोराही र बुटवलमा गरिएको परीक्षणमा थप २०८ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ। केन्द्रका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ सय ९ जनाको पिसीआर परीक्षण गर्दा १५५ जनामा संक्रमण पुष्टि भएको हो।

जसमा तुलसीपुर उपमहानगरका ६८ जना, घोराही उपमहानगरका ६७, बबई गाउँपालिकाका ६, गढवा गाउँपालिकाका ५, लमही नगरपालिकाका ३ जना, दंगीशरण गाउँपालिकाका २ जना, बंगलाचुली गाउँपालिकाका १ जना , शान्तिनगर गाउँपालिकाका १ जना, राप्ती र राजपुर गाउँपालिकाका १र १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै बुटवलमा एक सय जनाको परीक्षण गरिएकोमा ५३ जनामा कोरोना पुष्टि भएको केन्द्रका सूचना समन्वयकर्ता अजेन्द्र केसीले जानकारी दिए।

जसमा तुलसीपुरका २७ जना, घोराहीका १८, राप्तीका ५ जना, लमही र शान्तिनगरका १र१ जना संक्रमित थपिएको उनले बताए। त्यस्तै, जिल्लामा बिहीवार मात्रै थप ४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ की ५२ वर्षीया महिला र वडा नं ११ का ६२ बर्षीय पुरुष, घोराही १४ का एक जना र लमही ४ का एक जनाको मृत्यु भएको समन्वयकर्ता केसीले बताए। यो संगै हालसम्म मृत्यु हुनेको संख्या ७३ पुगेको छ।

SHARE