वाग्लाका कृषकलाई खोरसुधारको रकम हस्तान्तरण

0
458

बैशाख १६,२०७८ गुल्मी :गुल्मीको धुर्कोट गाउँपालिका वडा न। ७ वाग्लाका कृषकहरुलाई प्रोत्साहन स्वरुप खोर सुधार बापतको रकम हस्तान्तरण गरिएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना अन्तर्गत गुल्मीको धुर्कोट गाउँपालिका वडा न। ७ वाग्लामा गठित १९ वटा समुहका २९ जना सदस्यहरुलाई आधुनिक खोर निमार्ण बापत नगद रु २ लाख २५ हजार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । रकम पाएपछि कृषकहरु उत्साहिक भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा न। ७ का वडाध्यक्ष हिमप्रसाद पन्थीले यस परियोजना अन्तर्गतका सबै सदस्यहरुले खोर निमार्ण गरेमा प्रोत्साहन स्वरुप गाउँपालिकाले अनुदान रकम प्रदान गर्ने बताउदै समुहका सबै सदस्यहरुलाई सुधारिएको खोर निमार्ण गर्न आग्रह गरे ।
उनले उद्यमी बन्नको लागि खोर सुधार रकम हस्तान्तरण २ किसिमले वर्गीकरण गरिएको जसमा ५ वटासम्म माहु बाख्रा पाल्ने कृषकलाई नगद रु ५ हजार र ५ भन्दा बढी माहु बाख्रा पाल्नेलाई नगद रु १० हजारका दरले अनुदान दिइने बताए । त्यस्तै सुधारिएको खोर निमार्ण गर्ने कृषकले मात्र व्यवसायिक रुपमा बाख्रा पालन गर्न सक्ने कुरा बताए । वाग्लामा हालसम्म १ सय २ जना कृषकहरुलाई खोर निमार्ण बाफतको रकम हस्तान्तरण गरिएको र आज मात्र नगद रु ५ हजारका दरले १३ कृषकलाई र १६ जना कृषकलाई नगद रु १० हजारका दरले रकम हस्तान्तरण गरिएको परियोजनाका प्राविधिक संयोजक नारायण जि।सिले जानकारी दिए ।
वाग्ला सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति अध्यक्ष रमिला पुरीको अध्यक्षता रहेको कार्यक्रममा धुर्कोट गाउँपालिका वडा न। ७ का वडाध्यक्ष हिमप्रसाद पन्थीको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै पशु प्राविधिक लक्ष्मण घिमिरे, परियोजनाका प्राविधिक संयोजक नारायण जि।सि, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता हेमराज घिमिरे, समाजसेवि रमेश पुरी, भवि वि।क, बासु गिरी लगायतको आथित्यता रहेको थियो ।
वडाध्यक्ष हिमप्रसाद पन्थीे र परियोजनाका प्राविधिक संयोजक नारायण जि।सिको शुभकामना मन्तव्य रहेको कार्यक्रममा गुफा महिला उद्यम समुहकी सदस्य भुमा पोख्रेलको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रम वाग्ला सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति अध्यक्ष संगिता घिमिरेको सञ्चालनमा सम्पन्न भएको परियोजनाका प्राविधिक संयोजक नारायण जि।सिले जानकारी दिए ।

SHARE