गुल्मीमा मास्क नलगाउने ४५ जना १५ मिनेट प्रहरीको नियन्त्रणमा

0
390

बैशाख १५,२०७८ गुल्मी : गुल्मीमा मास्क नलगाई हिड्ने ४५ जनालाईप्रहरीले १५ मिनेट नियन्त्रणमा लिई सम्झाई बुझाई मास्क लगाएर पठाउन थालेको छ ।
जिल्लाप्रहरी कार्यालय गुल्मीले सडकमा हिडने र सवारी साधनमायात्रागर्नेहरुले मास्कनलगाएको पाइएकाले मास्कलगाउनआग्रहगर्दै मास्कपनिदिनथालेको छ । मास्कनलगाउने ४५ जनालाई १५ मिनेट सम्झाई बुझाईमास्कलगाएर मात्र पठाइएको जिल्लाप्रहरी कार्यालय गुल्मीकाप्रहरी नायबउपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
कोरोनामाहामारीको समयमा सबैलाई मास्कलगाउनआग्रहगरिएको र यदि कसैले अटेर गरेमाउनीहरुलाई कानुनअनुसारको कारवाहीगर्ने पनिप्रहरीले जनाएको छ ।

यस्तै ट्राफिक प्रहरीले सवारी साधनहरुमा समेत चेकजाँचमा कडाई गरेको छ । सवारी साधनहरुले सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको र मास्कलगाएको नलागाएको बारेमापनि चेकजाँचगरिएको ट्राफिक प्रमुख कृष्णप्रसादआचार्यले जानकारी दिए ।
यदि कसैले स्वास्थ्यको मापदण्ड पुरा नगरेमा संक्रामक रोग ऐन २०२० र स्थानीयप्रशासन ऐन २०२८ अनुसार कारवाहीगर्ने जिल्लाप्रशासनकार्यालय गुल्मीले चेतावनीदिएको छ ।

SHARE