अर्घाखाँचीको मालारानीका एक घरबाट अर्कोमा जान रोक

0
337

बैशाख १५,२०७८ अर्घाखाँची :अर्घाखाँची मालारानी(७ मा ६० वर्षीय रामप्रसाद भुसालको मृत्यु भएपछि गाउँमा हिँडडुल गर्न रोक लगाइएको छ।

कोरोना संक्रमित भुसालको मृत्युपश्चात मालारानी(७ लेवासे, भुमिकास्थान ३ राईखण्डे, सिख्र, बामरूक लगायतका टोल वस्तीहरूमा माइकिङ गरी एक घरबाट अर्को घर नजान नागरिकलाई सचेत गराइएको वडा अध्यक्ष खड्क प्रसाद भुसालले जानकारी दिए।

नयाँ प्रजातीको कोरोना भाइरस फैलिएपछि जोखिम देखिएका गाउँमा बिना काम आवतजावत गर्न रोक लगाइएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए।

अहिलेसम्म जिल्लामा कोरोना संक्रमितमध्ये १९ जनाले ज्यान गुमाएका छन्‌। पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्‍न पालिकाहरूमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८६१ पुगेको हो।

SHARE