बैशाख १४,२०७८अर्घाखाँची : लुम्बिनी अस्पताल बुटवलमा बेडको अभावमा उपचार नपाउँदा अर्घाखाँचीका एक कोरोना सक्रमितको मृत्यु भएको छ। अर्घाखाँचीको मालारानी गाउँपालिका–७ का ६० वर्षीय एक पुरुषको कोरोना भाइरसका कारण ज्यान गएको हो।
रोजगारीका लागि भारत गएका ति पुरुष चैत २९ गते घर फर्किएका थिए। भारतबाट आएको केही दिनपछि उनलाई ज्वरो आएको थियो। बैशाख ८ गते उपचारका लागि बुटवल लुम्बिनी अस्पतालमा लगिएकोमा पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।
कोरोना पुष्टि भएपछि लुम्बिनी अस्पतालमा उपचारका लागि वेड नहुँदा उनलाई घर फिर्ता गरिएको थियो। स्वास्थ्य बिग्रिदै गएपछि उनलाई मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएकोमा उपचारको क्रममा त्यही मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी बिजय बिकले जानकारी दिए।