धुर्कोट वाग्लाकी एकल महिलालाई बाख्रा उपहार

0
323

सम्झना पोखरेल
बैशाख १४,२०७८ गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्लामा रहेको जनजागरण महिला उद्यम समूहले एकल महिला पूतला बिकलाई नगद रू चार हजार चार सय बराबरको बाख्रा उपहार प्रदान गरेको छ ।
धूर्कोट गाउँपालिका र हेफर पोर्जेक्ट नेपालको साझेदारीमा सिर्जनशिल सामुदायिक बिकास केन्द्र तम्घासद्वारा सञ्चालीत सामुदायिक बिकासका लागी बाख्रा उद्यम परियोजना अन्तर्गत जनजागरण महिला उद्यम समूहले भोकालाई एकछाक भोजन होईन जिउने जुक्ति सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै समुहमा केहिदिन पहिला ४ दिने हेफर आधारशिला तालीम दिएको थियो । तालिम पश्चात गरिएको सामूहिक कार्ययोजना अनूरूप वास्तविक आवस्यकताको पहिचान गरि सोही वडामा बस्ने बर्ष घड की एकल महिला पूतला बि।कलाई पारीवारीक स्थिति कमजोर भएका कारण उनको अबस्थामा केहि राहत होस् भन्दै रू चार हजार चार सय बराबरको बाख्रा उपहार प्रदान गरेको हो ।
समुहकी अध्यक्ष सीता गिरीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष कमला गिरीको स्वागत मन्तव्य, ग्रामिण पशु स्वास्य कार्यकर्ता हेमराज घिमिरेको आतिथ्यतामा समुहका सवै सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रम समुहकी सचिव पवित्रा गिरी को संचालनमा सम्पन्न भएको परियोजनाका प्राविधिक संयोजक नारायण जि सीले जानकारी दिए।

SHARE