बैशाख १३,२०७८गुल्मी :गुल्मीमा करेन्ट लागेर १७ बर्षका प्रकाश मुखियाको मृत्यु भएको छ ।
सोमबार साझँ करिब ६ बजे जिल्लाको इस्मा गाउँपालिका – २ ताल्तुङमा बिजुलीको तार तान्ने क्रममा इस्मा गाउँपालिका –५ रजस्थलका अन्दाजी १७ बर्षिया प्रकाश मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । बिजुलीको तार तान्ने क्रममा करेन्ट लागेर पोलबाट खसेपछि मुखियालाई तम्घास अस्पताल ल्याइएको थियो । बेहोस अवस्थामा अस्पताल ल्याएपनि अस्पतालले मृत घोषणा गरेको पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।