धुर्कोट ६को वडा कार्यालय एक साता पुर्ण रुपमा बन्द

0
452

सम्झना पोखरेल
बैशाख १३,२०७८ गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ६ कोे वडा कार्यालय एक साताका लागि बन्द गरिएको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर सुरु भइसकेको र धुर्कोट गाउँपालिका वडा न।६ का केहि जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले वडा न। ६ को वडा कार्यलयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सेवा एक साताको लागि बन्द गरिएको गाउँपालिकाले विज्ञप्तिमा जनाएको छ ।
साथै कोरोना भाइरस -कोभिड १९- को सँक्रमण बढ्दै गएकोले सम्पुर्ण वडावासिहरुमा सामाजिक दुरी कायम गरी सुरक्षाका उपायहरु अपनाउन आग्रह गरिएको छ ।
दोस्रो चरणको कोरोना भाइरस ९कोभिड १९० का कारण धुर्कोट गाउँपालिका वडा न। ७ वाग्ला घर भई हाल अस्थायी रुपमा बुटवल बसोवास गर्ने वर्ष ३५ का पुरुषकोे उपचारको क्रममा बैशाख १० गते मृत्यु भएको थियो ।

SHARE