कालीगण्डकी गाउँपालिकाले १८ जना विपन्नका घर बनाइदिने

0
572

तिलाचन पाण्डे
बैशाख१२,२०७८गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाले अति बिपन्न १८ जनालाई घर बनाइदिने भएको छ ।
गाउँपालिका भित्रका अति बिपन्न १८ जनालाई मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम मार्फत घर बनाइदिन लागेको कालीगण्डकी गाउँपालिकाले जनाएको छ । घरको आर्थिक अबस्था कमजोर भएका र अति जीर्ण घरमा बस्दै आएका उनीहरुलाई मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम मार्फत दूई लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।
गाउँपालिका भित्रका अति विपन्न वडा नम्वर एकबाट खगीसरा दर्जी ,मनकली पाण्डे, टिकीसरा राना थापा र यमबहादुर राना रहेको घर बन्ने भएको छ ।
वडा नम्वर दुईबाट शान्ती न्यौपाने, मनरुपा न्यौपाने, नरबहदुर पुलामी , रोमबहादुर श्रीस र मोतीलाल न्यौपाने रहेका छन् । यस्तै वडा नम्वर तीनबाट भीमादेबी आले,वडा नम्वर चारबाट सपना थापा र हरीकला सलामी छन् भने वडा नम्वर पाँचकी भुमादेबी राना ,वडा नम्वर छ का गंगाबहादुर थापा, माया थापा टीकाराम सार्की रहेका छन् ।यस्तै वडा नम्वर सातका दलबहादुर थापाको घर निर्माण गरिदिने भएको छ ।
१८ जना बिपन्नहरु मध्ये तीन जनाको घर निर्माण सम्पन्न भइसकेको र अन्य घर निर्माणको चरणमा रहेको मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमकी सहजकर्ता लक्ष्मी ढकालले जानकारी दिइन् ।
गाउँमा बिपन्न भएका परिवारलाई विभिन्न माध्यमहरुबाट माथी उकास्ने गरी गाउँपालिका लागेकाले उनीहरुको घर निर्माण गरिदिन लागेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले बताए । गाउँपालिका भित्रका नागरिकहरुले दुःख कष्ट सहेर बसेको अबस्थामा उनीहरुको समस्या समाधान गर्ने स्थानीय सरकारको दायित्व भएकाले आँफूहरु लागि परेको उनको दाबी छ ।
स्थानीय सरकारले स्थानीय नागरिकहरुको आयआर्जनमा बृद्धि गर्नका लागि विभिन्न सीपमुलक तालिमहरु पनि सञ्चालन गर्दै आएको थापाले बताए ।

SHARE