गुल्मीमा एन्टीजिन पोजेटिभ आएका एक पुरुषको मृत्यु

0
454

बैशाख १२,२०७८ गुल्मीः गुल्मीमा एन्टीजिन पोजेटिभ आएका एक जना पुरुषको मृत्यु भएको छ ।
बैशाख २ गते भारतबाट आएका छत्रकोट गाउँपालिका वडा नम्वर तीनका ४५ बर्षका एक पुरुषको गए राती ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
भारतबाट आउँदा नै उनीमा ज्वरो आएको र ३ गते एन्टीजिन परीक्षण पोजेटिभ आएको थियो । उनको स्वाब लिइ अहिले रुपन्देही परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
गुल्मीमा अहिले संक्रिय संक्रमित २७ जना रहेका छन् भने हालसम्म १५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

SHARE