रामपुरमा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना

0
283

सुशीला रेग्मी
बैशाख ११,२०७८पाल्पा : रामपुर नगरपालिकाले मास्क नलगाई हिड्नेलाई एक सय रुपैयाँ जरिवना गर्ने भएको छ । कोभिड १९ रोकथामका सन्दर्भमा शुक्रवार रामपुर नगपालिकामा बसेको सर्वदलीय बैठकले मास्क नलगाईकन जथाभावी हिड्डुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा रामपुर नगरपालिका क्रियाशिल राजनैतिक दलका प्रमुख प्रतिनिधि, रामपुर उद्योग वाणिज्य संघ, नमस्ते रामपुर यातायात व्यवसायी, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको बैठक बसी विविध विषयमा निर्णय भएको छ ।

रामपुर नगरपालिका भित्र रहेका सबै विद्यालयहरुलाई यही वैशाख १२ गते देखि वार्षिक परिक्षा संचालन गर्ने र वार्षिक परिक्षा समापन गरिएपछि सबै विद्यालयहरु अर्को निर्णय प्रकाशन नभएसम्म बन्द गर्न लगाउने, विद्यालयले परिक्षा संचालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने, नगरपालिका क्षेत्रमा सभा, आमसभा, जुलुस, हाटबजार, दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने सबै कार्यक्रमहरु वैशाख मसान्त सम्म बन्द गर्ने निर्णय भएको छ ।
नगरपालिका क्षेत्रमा रहेका मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी वैशाख मसान्त सम्म नित्यपूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने, रामपुर नगरपालिका प्रवेश बिन्दुमा हेल्थ डेस्क स्थापना गर्ने र सबै स्वास्थ्य चौकीमा पाँच शैयाको आइसोलेशन कक्ष तयार गर्ने, होम क्वारेन्टिन र होम आइसोलेशनमा रहेका व्यक्तिहरुको स्वास्थ्यमा निगरानी तथा अनुगमन गरी थप जाँच वा उपचार आवश्यक पर्ने देखिएमा प्रयोगशाला र अस्पतालसंग समन्वय गरी त्यस्तो संस्थासंग पु¥याउने काममा सहजिकरण गर्ने निर्णय भएको नगर प्रमुख थापाले बताउनुभएको छ ।

पिसिआर रिपोर्ट पोजेटिभ आएका व्यक्तिको निकट सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी
स्वाव संकलन कार्यमा सहजिकरण गर्नका लागि रामपुर अस्पताललाई अनुरोध गर्ने, बिरामीको अवस्था र कन्ट्रयाक टे«सिङ्ग गरी पिसिआर परिक्षण गर्ने कार्यमा सहजिकरण गर्ने निर्णय भएको नगर प्रमुख थापाले जानकारी दिनुभएको छ । स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य आवश्यक जनशक्ति तथा आवश्यकता अनुसार स्वयम्सेवक परिचालन गर्ने, दु्रत प्रतिकार्य समुह गठन गरी तयारी अवस्थामा राख्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । रामपुर देखि अन्यत्र तथा बाहिरबाट रामपुर भ्रमण आवतजावतमा पनि रोक लगाइने, नगरपालिका भित्र साना भ्यान, कार, मोटरसाइकल, स्कुटर संचालनमा जोर विजोर प्रणाली गरिने भएको छ ।

SHARE