गुल्मीमा वडाकार्यलयको मनपरिले बिद्यालय प्रती स्थानीय असन्तुष्ट

0
449

अनिष पन्थी
गुल्मी बैशाख १० :रेसुङ्गा नगरपालिका वार्ड न ९ मा रहेको उपल्लो तम्घास माध्यमिक बिद्यालयलाइ र वडा कार्यलयलाइ त्यहाका स्थानीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन। मिति २०७८ बैशाख ६ गते उक्त बिधालयमा बिद्यालय व्यबस्थापन समितिको गठन भएको र जसको अध्यक्षमा गणेश श्रीपाली चयन भएका थिए ।

तर एता बिद्यालय क्षेत्रभित्रका संस्थापक,चन्ददाता,बिद्यालयलाइ निरन्तर सहयोग र माया गर्ने समाजसेवी कुनै पक्ष सङ्ग छलफल नगरि समिती चयन भएको महसुस गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन ।

सामुदायिक बिधालय प्रती सरोकारवालाहरुको नकारात्मक दृष्टिकोण उत्पन्न हुन सक्ने र भविष्यमा बिद्यालय संचालनको लागि विभिन्न कठिनाइ समेत उत्पन्न हुन सक्ने बताइएको छ।

उता रेसुङ्गा नगरपालिका वार्ड न ९ का वडा अध्यक्ष नारन बरालले भने सबै प्रक्रिया अगाडि बढाएर कानुनी रुपमै अघि बढेको र सबैलाइ खबर गरेको बताए ।चन्ददाता एवं अभिभावक गणेश श्रीपालीलाई वडाले नै मनोनीत गरेर पठाएको अध्यक्ष बरालले बताए ।

यसमा कुनै राजनीति कुरालाई वास्ता नगरि ध्यानाकर्षण पत्र बुझाइएको स्थानीय व्यक्तित्व एवं चन्दादाता नाराण आचार्यले बताए ।

वडाले मनोनित गरेर पठाएका व्यक्तिबाटै बिधालय व्यबस्थापन समितिको चयन गरेको र यसबारे वडा कार्यलयमा नै बुझन बिद्यालयका प्रधानाध्यापक पिंकि भुषालको भनाइ रहेको आचार्यले उल्लेख गरे ।

आफ्नो गास काटी आर्थिक,भौतिक र नैतिक रुपमा निरन्तर सहयोग गर्दै आएका सरोकारवालाहरु सबैको मानमर्दन गरि चित्त दुखाउने कार्य भएको प्रती ध्यानाकर्षण गराइएको छ र समाजलाइ नखोजि बिद्यालयका गतिविधि गर्दा दुस्खको बिषय भएको आचार्यले बताए ।

स्थापना कालदेखि प्रा।वि, नि।मा।वि हुँदै हालको मा।वि हुदासम्मका सम्पुर्ण सामुदायिक बिद्यालय प्रती सरोकारवाला प्रती नकारात्मक दृष्टिकोण उत्पन्न हुन सक्ने र भविष्यमा बिधालय संचालनको लागि विभिन्न कठिनाइ समेत उत्पन्न हुने स्थानीय कृष्ण पाण्डेले बताए ।

वडामा निर्वाचित जनप्रतिनिधिहरु सबैको सहमत नभएको र तानाशाहि प्रवृत्तिको निर्णय भएको र यसको सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम हुने पाण्डेले बताए ।

वडा नम्बर ९ का स्थानीय नारायण आचार्य ,कृष्ण पाण्डे ,लक्ष्मण पन्थी ,जिवलाल पाण्डे ,गङ्गा देवि पाण्डे ,केसरबहादुर थापा,छवि पाण्डे,गणेश बहादुर खत्री ,ध्रुव आचार्य लगाएत करिब १०० घर धुरिका अभिभावक ,स्थानीय ,र चन्ददाताहरुले असहमति जनाउदै हस्ताक्षर गरेका थिए

SHARE