धुर्कोट जैसिथोकका किसानलाई मुर्रा भैंसी

0
1046
फाइल फोटो

हुमाकान्त पोखरेल
वैशाख, १०,२०७८ गुल्मी :गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोकका किसानहरुलाई भैंसी वितरण गरिएको छ ।
संघीय सरकारको भैंसी प्रवद्धन कार्यक्रम अन्तरगत देविस्थान उन्नत दुग्ध उत्पादन सहकारी संस्था अन्तरगत भैसी पालन समुहमा आवद्ध २४ जना किसानलाई मंगलबार मुर्रा जातका भैँसी वितरण गरिएको हो ।
कुल ५० कृषकलाई एक÷एक वटाका दरले भैंसी र सबैको लागि एउटा रागो वितरण गर्ने कार्यक्रम छ । बाँकी २६ भैसी र पाडो एक हप्ताभित्रै उपलब्ध हुने गाउँपालिकाका पशु स्वास्थ्य अधिकृत श्याम कार्कीले जानकारी दिए ।
भारतको बहादुरगञ्जबाट ल्याएका भैसी उन्नत जातका भएको र स्थानीय जातकाले भन्दा बढी दुध दिने कार्कीले जानकारी दिए । गाउँपालिकाका पशु प्राविधिक भरत खड्काले भैंसीको लागि आवश्यक प्राथमिक औषधी पनि वितरण गरिएको बताए । भैंसी गर्मी याममा हुर्केपनि पहाडको हावापानीले कुनै असर नगर्ने र हावापानी अनुकुल नै हुने खड्काले बताए ।
गोलाप्रथाद्धारा भैंसी प्राप्त गरिसकेपछि जैसिथोक लाहाटकी गिता पोखरेलले खुसि भएको प्रतिक्रिया दिइन् । उनकोे घरमा अहिले दुइवटा भंैसी छन् । ति भैंसीपालनबाट दैनिक दुध पनि बिक्रि गर्छिन् । अब मुर्रा जातको भैंसी लगिसकेपछि आफ्नो व्यवसायलाई थप बृद्धि गर्ने उनले बताइन् ।
आगामी दिनमा गाउँपालिकाले टाढा–टाढा रहेका किसानहरुलाई लक्षित गर्दै दुध ढुवानी गर्न सके आफुहरुलाई थप टेवा पुग्ने बताइन् । देविस्थान उन्नत दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष पूर्ण पोखरेलले भैंसी प्रर्वद्धन कार्यक्रमले किसानहरुलाई टेवा पुगेको जानकारी दिए । दुध पनि बढी दिने र मासुको लागि पनि उपयोग हुने भएकोले गाइभन्दा भैंसी पालन ठिक रहेको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले उत्पादन हुने दुधको बजारको ग्यारेन्टी गाउँपालिकाले गर्ने बताए । जैसिथोकमा उत्पादन भएको दुध गाउँमै खपत् गर्ने र नभए तम्घाससम्म पु¥याउने उनले बताए । कृषि र पशुपालनबाट मात्रै रोजगारी सिर्जना र गाउँपालिकाको समृद्धि हुने भएकोले आफुहरुले त्यसतर्फ जोड दिएको पोखरेलको भनाई छ ।

SHARE