रुरुक्षेत्र गाउँपालिकामा सीप विकास तालिमको शुभारम्भ

0
391

सन्तोष महतारा
बैशाख १०,२०७८ गुल्मी :रुरुक्षेत्र गाउँपालिकाले सीप विकास तालिम सुरु गरेको छ । गाउँपालिकाका विभिन्न वडामा विभिन्न प्रकारका सीप विकास तालिम सुरु गरेको रुरुक्षेत्र गाउँपालिकाले जनाएको छ । बुधबार गाउँपालिकाका दुई वडामा सीप विकास तालिमको उद्घाटन गरिएको छ। रुरुक्षेत्र गाउँपालिकाको आर्थिक सहयोग र राष्ट्रिय ग्रामीण सामुदायिक विकास केन्द्र ९नार्डेक० नेपालको सहकार्यमा बुधबारदेखि कार्यक्रम सुरु गरिएको नार्डेक नेपालका कार्यकारी निर्देशक रेशम कुँवरले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर २ ग्वादीमा ३ महिने सिलाइ कटाई तालिमको शुभारम्भ भएको छ । तालिमको शुभारम्भ गर्दै वडाध्यक्ष घनश्याम अर्यालले सीप सिक्नको लागि उत्साह हुन जरुरी रहेको बताएका छन् । सीप सिक्नु आफ्नै लागि भएको वताउँदै वडाध्यक्ष अर्यालले ३ महिने तालिमले पनि आत्मनिर्भर बन्न सक्ने भएकोले सबैले राम्रोसँग सीप सिक्न आवश्यक रहेको बताए ।

गाउँपालिकाको वडा नम्बर ३ थानापतीमा १ महिने स्विटर बुन्ने र १० दिने डल कुशन बनाउने तालिममको शुभारम्भ गर्दै वडाध्यक्ष शेषनारायण पौडेलले सीप सिकेर वस्तु उत्पादन गर्न आग्रह गर्दै बजारीकरणमा समस्या हुन नदिने प्रतिबद्धता जाहेर गरे । सीप सिकेर व्यवसाय गरी आत्मनिर्भर बन्न सकिने भन्दै सिकेको सीप प्रयोग गरेर उद्योग संचालन गर्न तालिममा सहभागीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रमका अध्यक्ष तथा नार्डेक नेपालका कार्यकारी निर्देशक रेशम कुँवरले सीप विकासमा थुप्रै लगानी भएकोले आत्मनिर्भर बन्न टेवा पुग्ने बताउँदै सीप सिक्ने अनि छाड्ने गर्न नहुने बताए । सीप सिकेर दिर्घकालिन फाइदा हुने भएकोले तालिम लिएर व्यवसायमा परिणत गर्न सबै सहभागीहरुलाई आग्रह गरे । कार्यक्रममा स्वागत मनतब्य हरिकृष्ण विकको रहेको थियो । सीप विकास तालिममा दुबै वडाका महिलाको उत्साहजनक सहभागिता रहेको थियो । अन्य वडाहरुमा पनि अन्य प्रकारका सीप विकास तालिम गाउँपालिकाले गर्न लागि रहेको छ ।

SHARE