भैसी पाएपछि धुर्कोटका किसान खुसी

0
766
फाइल फोटो

अजय खड्का

बैशाख ०८,२०७८ गुल्मी :गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले किसानलाई भैसी वितरण गरेको छ । दुग्ध उत्पादन, किसानको आय आर्जनको लागि व्यवसायीक भैसिपालनका लागि गाउँपालिकाले वडा नं. ४ मा उन्नत जातको भैसी वितरण गरेको छ ।

गाउँपालिकाले ५० जना कृषकहरुलाई भैसी वितरण कार्यक्रममा समाबेश गरेको छ । जस अन्तरगत पहिलो चरणमा मंगलबार २४ जना कृषकहरुलाई भैसी वितरण गरेको छ भने बाँकी २६ जना कृषकलाई अबको एक साता भित्र वितरण गर्ने भएको छ ।

धुर्कोट गाउँपालिका वडा नं. ४ बाट १ लाख ५० हजार संघिय शसक्त कार्यक्रम अन्तरगत भैसी पर्वद्धन मार्फत २१ लाख ७० हजार गरी कुल २३ लाख २० हजारको लगानी रहेको छ ।

गाउँपालिकामा रहेका किसानहरुलाई स्वरोजगार बनाउने, दुध उत्पादनलाई वृद्धि गर्ने र मासुजन्य वस्तुको उत्पादन गरी बजारको मागलाई परिपुर्ति गर्ने उद्देश्यले देविस्थान उन्नत दुग्ध सहकारी संस्था अन्तरगत ५ वटा उपसमुह बनाई किसानहरुलाई वितरण गरीएको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिए । उनले अबको २ वर्ष भित्रमा गाउँपालिकालाई दुध उत्पादनमा अत्मनिर्भर गराउने कार्यक्रम रहेको समेत बताए ।

वितरण गरीएका २४ वटा भैसीहरुको विमा पनि भैसकेको र दोस्रो चरणका भैसी वितरण गरीसकेपछि किसानहरुलाई गोठ व्यावस्थापन कसरी गर्ने, भैसी कसरी पाल्ने,घाँसको व्यवस्था कसरी गर्ने भन्ने विषयमा तालिमको समेत आयोजन गर्ने गाउँपालिकाका पशुविकास शाखा प्रमुख श्याम कार्कीले बताए ।

अव २६ किसानको लागि दोस्रो चरणमा २६ वटा भैसी वितरण गर्न बाँकी रहेकोे छ । भैसी पाए पछि किसान निकै खुसी भएका देखिएका छन् ।

यसरी वितरण गरीएका भैसी तीन वर्ष सम्म विक्री गर्न पाउने छैनन् । किसानहरुलाई एक औपचारीक कार्यक्रमको आयोजना गरी भैसी वितरण गरीएको थियो ।

SHARE