पौदीमा आचार्य परिवारद्धारा मुर्ति स्थापना

0
414

बैशाख ८,२०७८ गुल्मी :गुल्मीको मुसिकोट नगरपालिका १ पौदीका आचार्य परिवारले जगदम्बा भगवति मन्दिरमा दुर्गा भगवतिको मुर्ति स्थापना गरेका छन् ।
स्वर्गिय हजुरबुवा तुल्सीराम आचार्य, हजुरआमा महिश्वरा आचार्य, डिलाराम र डिलकुमारी आचार्यको सम्झनामा छोराबुहारी डिलाराम र निमकला आचार्य, नाति राजेश, हरी आचार्य तथा छोरी शान्ती आचार्यले मन्दिरलाइ मुर्ति प्रदान गरिदिएका थिए । सो मन्दिरमा लामो समयदेखि ढुंगाको शिला स्थापना गरेर पुजा गर्ने गरिएको थियो ।
मंगलबार बिश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले एक कार्यक्रमकाबिच मन्दिरमा मुर्ति भित्राएका थिए । सो कार्यक्रममा बोल्दै भुसालले समाजमा धर्म मासिदै गएकाले अराजकता र अश्लिलता बढिरहेको बताए । उनले हिन्दु धर्ममा खडेरी परिरहेका बेला आचार्य परिवारले धर्मको सरक्षणमा देखाएको कर्म अत्यन्तै महत्वपूर्ण रहेको बताए । कार्यक्रममा स्थानीय ८९ बर्षीय बयोबृद्ध डालेश्वर भुसाल, भिमबहादु पाठक, पुर्णप्रसाद भुसाल, भुपेन्द्र रायमाझी र जितबहादुर पाठक लगायतको उपस्थिती रहेको थियो ।

SHARE