गुल्मीमा १६ जनामा कोरोना संक्रमण , तपाईंको मास्क खोई अभियान सुरु

0
707

सन्तोष महतारा
०८ बैशाख गुल्मी :जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले तपाईंको मास्क खोई रुु अभियान सुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर तथा नयाँ भेरियन्टको संक्रमण गुल्मीमा पनि देखिएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी शर्माले कोरोनाको नयाँ भेरियन्ट देखा परेको र जिल्लामा संक्रमण बढेको बताएकी छिन् । गुल्मीमा अहिले १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले गरेको निर्णय पालना गर्न सबैलाई प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरिन् । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, जनप्रतिनिधि, राजनितीक दलका प्रमुख तथा प्रतिनिधि सहित सुरक्षा निकायले सुरु यो अभियानले बुधबार विहान सदरमुकाम तम्घास बजारमा परिक्रमा गर्दै तपाईंको मास्क खोई रुु अभियान सुरु भएको हो । कुनै कार्यक्रममा २५ जना भन्दा बढी सहभागी हुन नपाइने पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ ।

कोरोना लागे मृत्यु हुने अवस्था सिर्जना भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन प्रमुख जिल्ला अधिकारीले आग्रह गरिन् । मास्क लगाउन अटेरी गरेमा जरिवान गरिने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ ।

SHARE