अनिष पन्थी,
बैशाख ७,२०७८ गुल्मी : गुल्मीमा १३ जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिकामा १ जना, गुल्मीदरबार गाउँपालिकामा २ जना, रुरु गाउँपालिकामा ३ जना, छत्रकोट गाउँपालिकामा १, चन्द्रकोट गाउँपालिकामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सत्यवति गाउँपालिकामा २ जना, इस्मा गाउँपालिकामा १ जना, मालिका गाउँपालिकामा १ र मुसिकोट नगरपालिकामा १ जना गरी कुल १३ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।