सडक खन्ने क्रममा माथिबाट ठुलो ढुंगा खस्दा स्काभेटरमा क्षती

0
384

बैशाख७,२०७८ गुल्मी : सडक खन्ने क्रममा माथिबाट ठुलो ढुंगा खस्दा स्काभेटर पुर्ण रुपमा क्षती भएको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर ३ जयखानीको टोड्को भन्ने स्थानमा सडक खन्दै गर्दा माथिबाट ठुलो ढुंगा खस्दा ना १ क ५३६२ नम्बरको स्काभेटर पुर्ण रुपमा क्षती भएको प्रहरी चौकी पुर्तिघाटका प्रहरी सहायक निरीक्षक हरि किसन पुनले जानकारी दिए ।
बेल्टारी, शिद्धबाबा जयखाानी ओखरभन्ज्याङ सडक खण्डमा काम गरिरहेको श्रेष्ठ कन्ट्रक्सन निर्माण सेवाको स्काभेटर माथिबाट ढुंगा खसेर पुर्ण रुपमा क्षती भएको र स्काभेटर चालक चन्द्रबहादुर पुन भागेर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।
यता सो निर्माण सेवाका प्रमुख हरिकुमार श्रेष्ठले मानवीय क्षती केही नभए पनि ९० लाख बराबरको स्काभेटर भने पुर्ण रुपमा क्षती भएको बताए ।

SHARE