प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गुल्मीका तीन हजार ८७३ जनालाई रोजगार प्रदान

0
287

तिलाचन पाण्डे
बैशाख ७,२०७८ गुल्मी :गुल्मी जिल्लाका अति विपन्न तीन हजार ८७३ जनालाई प्रधानमन्त्री रोजगारमार्फत रोजगार प्रदान गरिएकोे छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत जिल्लाको रेसुंगा नगरपालिकाका आर्थिक अबस्था कमजोर भएका २४१ जनालाई सय दिनको रोजगार प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । यस्तै मुसिकोट नगरपालिकामा एक सय जना , कालीगण्डकी गाउँपालिकामा एक सय जना ,चन्द्रकोटमा २०१ जना , सत्यवतीमा २५३ जना ,रुरुक्षेत्रमा २७२ जना ,छत्रकोटमा २४२ जना ,गुल्मीदरबारमा २०५ जना ,इश्मामा ४२८ जना ,मदानेमा ६५० जना ,मालिकामा ७४३ जना र धुर्कोट गाउपालिकामा ४३८ जनालाई रोजगार प्रदान गरिएको रोजगार संयोजकहरुले जानकारी दिएका छन् ।
प्रत्येक वडाबाट बेरोजगार रहेको र रोजगारका लागि निबेदन दिएकाहरुबाट अति विपन्नहरुलाई सय दिन बराबरको प्रति दिन ५१७ रुपियाँका दरले रोजगारी प्रदान गर्ने गरी छनोट गरिएको रेसुंगा नगरपालिकाले जनाएको छ । छनोट भएका २४१ जनालाई अभिमुखीकरण तालिम पश्चात सुरक्षाका लागि आवश्यक सामाग्री , गैटी ,बेल्चा लगायतका औजारहरु प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

छनोट भएका कामदाररुलाई प्रत्येक वडाका बिकास निर्माणका आयोजनाको काम , सडक मर्मत , नाली खन्ने , चौपारी निर्माण , पानीका मुहान संरक्षण लगायतका कामहरुमा लगाइने नगरपालिका र गाउँपालिकाहरुले जनाएका छन् ।
उनीहरुको पारिश्रमिक बैङक खाता खोली सिधै खातामा पठाइने रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

SHARE