यस वर्ष मुसिकोट दरबारकोटमा दशैपुजा हुने, माक्स अनिवार्य प्रयोग गर्न आग्रह

0
44

सूर्य सुनार
बैशाख ६ गुल्मी : मुसिकोट दरबारकोटमा चैते दशैमा पुजा हुने भएको छ । जिल्लाको मसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको मुसिकोट दरबारमा नियमित पुजा आर्धना हुने भएको हो । कोरोना भाइरसको कारण गत वर्ष पुजा हुन् पाएको थिएन् तर यस वष भने स्वास्थ्य सुरक्षाका मापण्ड अपनाई पुजा हुने खङका देवता पुजा व्यवस्थापन समितिका अध्यक्ष पदम सिह ठकुरीले बताउनुभयो ।
विगतका वर्षमा कोरोनाका कारण पुजा गर्न नपाउदाँ अहिले भाकल बढी भएको र सबै भक्तजनहरुको सुझावमा पुजा आर्धना गरिएको खङका देवता पुजा व्यवस्थापन समितिका अध्यक्ष ठकुरीले बताउनुभयो ।
कोरोना भाइरसको संक्रमण बढी रहेकोले मन्दिर प्रवेश गर्दा अनिवार्य माक्सको प्रयोग गर्न समितिले आग्रह गरेको छ । यदी माक्सको प्रयोग गरेको नपाइएमा मन्दिर प्रवेशमा रोक लगाइने समितिले जनाएको छ ।

SHARE