गुल्मीको धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारालद्धारा खोर सुधार बापतको अनुदान रकम कृषकलाई हस्तान्तरण

0
500

सम्झना पोखरेल
बैशाख ०६,
गुल्मीको धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारालले खोर सुधार बापतको अनुदान रकम हस्तान्तरण गरेको छ ।
धुर्कोट गाउँपालिकाद्धारा सँञ्चालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना अन्तर्गत धुर्कोट गाउँपालिका वडा न २ पिपलधारामा गठित विभिन्न समुहका ४३ जना सदस्यहरुलाई नगद रु ३ लाख ८५ हजार अनुदान रकम हस्तान्तरण गरिएको हो ।
धुर्कोट गाउँपालिकाले परियोजना क्षेत्रभित्र सञ्चालित कार्यक्रममा ५ माउ बाख्रा भन्दा कम बाख्रा पालन गर्ने कृषकलाई नगद रु ५ हजार र सो भन्दा बढि बाख्रा पालन गर्ने कृषकलाई नगद रु १० हजारको दरले प्रोत्साहन स्वरुप खोर सुधार रकम अनुदान वितरण गर्ने कार्यपालिका सदस्य कमला घर्तिले बताउनुभयो ।
उहाँले प्रत्येक सदस्यहरुको घरमा बाख्राको सङ्ख्या वृद्धि गर्नको लागि सुधारिएको खोर निमार्ण गर्नुपर्ने जरुरी रहेको र खोर निर्माण नगरेसम्म बाख्राको सङ्ख्या वृद्धि गर्न नसकिने भन्दै सबैले घरमा सुधारिएको खोर निमार्ण गर्न आग्रह गर्नुभयो ।
सोहि कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा धुर्कोट गाउँपालिका २ पिपलधाराका वडाध्यक्ष नविन जि।सि। ले प्रत्येक घरका सदस्यहरुलाई उद्यमि बनाई आत्मनिर्भर बन्न सक्ने र परिवार चलाउन सक्ने बनाउने अपेक्षा यस कार्यक्रमले लिएको बताउनुभयो । यस कार्यक्रमलाई निरन्तरणता दिदै उद्यमि बन्न सबैलाई आग्रह गर्नुभयो । उहाँले कृषकले जुन लगानिका साथ खोर निमार्ण गरेको छन् । त्यसको आम्दानिका लागि बाख्राको सङ्ख्या वृद्धि गरी व्यवसायिक रुपमा बाख्रा पालन गर्न सुझाव दिनुभयो ।
अहिले सम्म पिपलधारामा ८३ वटा सुधारिएका खोर सम्पन्न भइसकेकोले उक्त रकम कृषकलाई प्रदान गरिएको र बन्दै गरेका खोरलाई केहि समयपछि खोरको रकम हस्तान्तरण गरिने परियोजनाका प्राविधिक सँयोजक नारायाण जिसि ले जानकारी दिनुभयो ।
पिपलधारा सामुदायिक बाख्रा उद्यम उपभोक्ता समितिका सदस्य विमला खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष नविन जिसिको प्रमुख आथित्यता, वडा सचिव सुर्यप्रसाद खनाल, कार्यपालिका सदस्य कमला घर्ति, परियोजनाका सँयोजक शँकर नेपाली, प्राविधिक सँयोजक नारायण जिसि, कृषि प्राविधिक भावना महत्त वडा सदस्यहरु सुमित्रा खनाल, सुन्तली वि।क, समाजसेवि कृष्णप्रसाद खनाल, केशव खनाल, अर्जुन बस्नेत लगायतको आथित्यता रहेको थियो ।
हातेमालो महिला उद्यम समुहकि सहसचिव विमला नेपालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन अगार महिला उद्यम समुहकि अध्यक्ष कमला खड्काले गर्नुभएको परियोजनाका प्राविधिक सँयोजक नारायण जिसि ले जानकारी दिनुभयो ।

SHARE