गुल्मीको इस्मा गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

0
453

अजय खड्का
बैशाख ६, गुल्मी : गुल्मीको इस्मा गाउँपालिकामा सोमबार अभिमुखिकरण कार्यक्रम गाउँपालिकाको सभाहल दर्लामचौरमा सम्पन्न भएको छ।
इस्मा गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा ब्याक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा गुनासो,दर्ता शिविर एवं पुरक दर्ता शिविर सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता भुक्तानि सम्बन्धी व्यावस्था अन्तरगत बैंकमा लाभग्राहिको खाता खोल्ने प्रकृया,सामाजिक सुरक्षा भत्ता लाभग्राहिको खातामा जम्मा गर्ने विधि,प्रतिवेदन तयार पार्ने, भत्ता वितरणको समयमा आउने समस्याहरु लगायतको छलफलको विशषमा प्रस्तुतिकरण गर्नुभएको थियो।

अहिले सामाजिक सुरक्षा वितरण प्रकृयामा देखिएको समस्या समाधानको लागि गाउँपालिका लागेको बताउदैँ गाउँपालिकाको दायरामा मात्र सिमित नरहेर प्रदेश सरकार र संघिय सरकारले बनाएको कानुनहरुलाई परिपालन गरी अगाडि बड्नुपर्ने भएकोले यस्ता खालका समस्याहरु देखिएको र यसलाई उपल्लो तहका सरकार संग समन्वय गरी सहजता ल्याउने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले प्रशिक्षक बाट सिकेका कुराहरुलाई ब्यावहारमा लागु गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सोहि गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तोयनाथ शर्मा सापकोटाको अध्यक्षता रहेको थियो भने गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टको प्रमुख आतित्थ्यता रहेको थियो साथै अन्य अतिथिहरुमा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्री, प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्ती, ६ वटै वडाका वडाध्यक्षहरु, राजनितिक दलका प्रमुखहरु, गाउँकार्यपालिकाका सदस्यहरु,गाउँपालिकाका कर्मचारीहरु,विद्यालयका प्रतिनिधिहरु, सरक्षाकर्मी,पत्रकार लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सोहि गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका शाखा प्रमुख बलराम खनालले गर्नुभएकोे थियो ।

SHARE