शैक्षिक सुधार कार्यक्रमका लागि मुसिकोट नगरपालिका भित्रका १० सामुदायिक विद्यालय छनोट

0
45

महेन्द्र घिमिरे,
बैशाख ०६, मुसिकोट गुल्मी । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मुसिकोट नगरपालिका भित्रका १० सामुदायिक विद्यालय छनोट गरेको छ । देशभरबाट ७ हजार २ सय ७८ सामुदायिक विद्यालय छनोटमा परेका छन् ।

मुसिकोट नगरपालिका अन्तर्गतका ७ माध्यमिक , २ निम्नमाध्यमिक र १ प्राथमिक गरि १० विद्यालय सो कार्यक्रमका लागि छनोटमा परेका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनौट गरी मापदण्ड समेत सार्वजनिक गरेको छ ।

छनोट भएका विद्यालय र कार्यक्रम सबै स्थानीय तह र विद्यालयले कार्यान्वयन गर्नु पर्नेछ । कार्यक्रममा छनोट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले छिट्टै नै सम्बन्धित स्थानीय तहमा रकम निकासा गर्ने शिक्षा विभागले जनाएको छ । छ

नोट भएका विद्यालयमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर ल्याब, सिकाइ सामाग्री , उपलब्धि अभिबृद्धि लगायतका विषय समेटिएका छन् ।

छनोटमा परेका गुल्मी मुसिकोट नगरपालिका भित्रका १० वटा विद्यालयहरू त्रिभुवन मा वि मु न पा ६, ज्ञानज्योति नि मा वि मु न पा ९, ददल्का मा वि मु न पा ९, पशुपति नि मा बी मु न पा ४, दुर्गाभवन मा वि मु न पा ५, जनज्योति मावि मु न पा १, शारदा बिधा मन्दिर मा वि मु न पा ८, नेपाल रास्ट्रय सर्बोदय मा वि मु न पा १, महेन्द्र आदर्श मा वि मु न पा ७ र जनज्योति प्रा वि मु न पा ७ रहेका छन् ।

SHARE