बर्दियाका दुई संरक्षणकर्मी ‘सेनापति प्रशंसा निसानी’ बाट सम्मानित

0
379

बैशाख ५,२०७८ बर्दिया : दुई संरक्षणकर्मी ‘सेनापति प्रशंसा निसानी’ बाट सम्मानित भएका छन्। वन्यजन्तु संरक्षणमा काम गर्ने दुई जना प्रधानसेनापति प्रशंसा निसानीबाट सम्मानित भएका हुन्।

बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तु संरक्षणमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्य र निकुञ्जका रेञ्जर हर्षबहादुर सिंहलाई सम्मान गरिएको हो।

देवीदत्त गणका गणपति दिनेश कार्कीले उनीहरूलाई सम्मान गरे। आइतबार सम्मानित भएका आचार्यले नेतृत्व गरेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानमा निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका दुई हजार पाँच सय बढी युवा सहभागी छन्।

युवाहरूको अभियानका कारण बर्दियामा गैँडाको चोरी सिकार शून्यमा रहेको छ। यस्तै पछिल्लो समय गैडासँगैअन्य वन्यजन्तुको चोरीसिकारमा पनि कमि आएको छ।

SHARE