निःशुल्क आयुर्वेद शिविरमा साढे पाचँ सयले लिए सेवा

0
527
????????????????????????????????????

हुमाकान्त पोखरेल
गुल्मी, ०५ वैशाख । जिल्लाको मदाने गाउँपालिका –४ म्यालपोखरीमा आयोजना गरिएको निःशुल्क आयुर्वेद शिविरबाट साढे पाचँ सयले सेवा लिएका छन् । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा गुल्मी मदाने सम्पर्क समाजको सह–आयोजनामा शनिबार सम्पन्न शिविरमा पाचँ सय ५५ जनाले सेवा लिएका हुन् । जसमध्ये महिला चार सय र १५० पुरुष रहेका छन् ।

????????????????????????????????????

मदने गाउँपालिका –७ भनभनेका लालमणी पन्थीलाई ढाड दुख्ने समस्या थियो । म्यालपोखरीमा निःशुल्क आयुर्वेद शिविरको जानकारी पाएपछि उनी सेवा लिन म्यालपोखरीको स्वास्थ्य चौकी पुगे । ‘यही सेवा लिन तम्घास वा बुटबलसम्म जानुपथ्र्यो ।’ उनले भने, ‘समयसँगै पैसाको पनि बचत भएको छ ।’ अर्की स्थानीय छमा सेन थापाले अन्य शिविर भएपनि गाउँमै आयुर्वेद शिविर होला भन्ने आश पनि नगरेको प्रतिक्रिया दिइन् । ‘यस्तो प्रकारको औषधी लिन र जाँच गराउन बुटबलसम्म जान्थ्यौँ ।’ उनले भनिन्, ‘आगामी दिनमा पनि यस्तै शिविर भए हामीलाई धेरै फाइदा पुग्ने थियो ।’
गुल्मी मदाने सम्पर्क समाजका सचिव केदारचन्द्र भुसालले गाउँका नागरिकको लागि शिविर धेरै नै लाभदायी भएको दाबी गरे । मेडिकलको औषधीले जस्तो आयुर्वेद औषधीले अन्य असर नगर्ने भएकोले पनि सेवाग्राहीहरु बढी आएको उनको भनाई छ । उपचारमा संलग्न, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी कार्यालय प्रमुख डाक्टर अर्चना शुक्लाले हाडजोर्नी र पायल्सको बिरामीहरु धेरै आएको बताइन् । यसको लागि सन्तुलित खाना, आराम र व्यायामको आवश्यकता पर्ने उनले जानकारी दिइन् । वडाध्यक्ष भिम प्रसाद भट्राइले भनभने, मलागिरी, पुर्कोट, म्यालपोखरी लगायतका नागरिकले सेवा लिएको बताए । सुरुको बर्ष गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा कम बजेट बिनियोजन गरेपनि पछिल्ला बर्षहरुमा स्वास्थ्यको क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन गरेको भट्राईले बताए ।

SHARE