
सूर्य सुनार
बैशाख ४,२०७८ गुल्मी : पृथ्वी माध्यामिक विद्यालयमा बिना थापा स्मृति गायन प्रतियोगिताबाट कक्षा १२ मा अध्ययनरत विद्यार्थि धन बहादुर नेपाली छनोट भएका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको विद्यालयले बिना थापा स्मृतिअक्षय कोषबाट प्रत्येक वर्ष गायन प्रतियोगिता संचालन गरिरहेको छ । विद्यालयले एक कार्यक्रमका विच विद्यार्थिहरुमा रहेको प्रतिभालाई बाहिर लैजाने उद्येश्यले कार्यक्रम संचालन गरिएको विद्यालयका प्रधानध्यापक चन्द्र बहादुर पाण्डेले जानकारी दिए ।
बिना थापा अक्षयकोष विद्यालयमा स्थापना गरेको ३ वर्ष पुगेको छ । बिना थापा विद्यालयकी पुर्व विद्यार्थि समेत हुन् । उनले नेपाली चलचित्रमा समेत खेलेकी थिइन् । तर उनको दुर्घटनामा मृत्यृ भएको थियो । उनका साथिहरु, तथा शुभ चिन्तकले विद्यालयमा उनको नाममा अक्षयकोषको स्थापना गरेका थिए । पछिल्लो समय विद्यालयले विद्यार्थिलाई शौक्षिक क्षेत्रमा मात्र नभई अन्य क्रियाकलापमा समेत सक्रिय बनाइएको प्रअ पाण्डेले बताए । विद्यालयले भिविन्न माध्यमबाट विद्यार्थिमा रहेको प्रतिभालाई यसै गरी उनीहरुको क्षमता विकास सहयोग गर्ने पाण्डेको भनाई छ ।
त्यस्तै कक्षा ११ मा सामाजिक विषय अध्ययन गर्ने विद्यार्थिहरुले मुसिकोट दरबाटकोटको अवलोकन गरेका छन् । विषयबस्तुमा रहेको हुदाँ विभिन्न क्षेत्रमा अवलोकन गराइ विद्यार्थिलाई नयाँ कुरा तथा अनुसन्धानमा सहज हुने विद्यालयका प्रअ पाण्डेले बताए ।
अवलोकनमा विद्यालयकी शिक्षक सावित्रा थापा लगाएत विद्यार्थिको उपस्थिती रहेको थियो








