आगलागीबाट गुल्मीमा भयानक क्षती , विलासीमा रमाउँदै जनप्रतिनिधि

0
441
फाइल तस्विर

सन्तोष महतारा
गुल्मी, बैशाख ३,२०७८ गुल्मी : गर्मीयाममा आगलागीका घटनाहरु बढ्नु नौलो होइन । प्राय प्रत्येक वर्षको गर्मीयाममा आगलागीका कारण करोडौंको क्षति हुने गरेको छ । गुल्मीमा प्राय जंगलमा प्रत्येक वर्ष आगो लाग्ने गर्दछ । तर, विलासी वस्तुमा करोडौं खर्च गर्ने जिल्लाका स्थानीय तहहरुले अतिआवश्यक प्रविधिहरुको जोहो गर्न कुनै पनि चाँसो देखाएका छैनन् । करोडौं मुल्य पर्ने गाडीहरु किनेर सवार गर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले आगो निभाउन प्रयोग हुने दमकल खरिद गर्न चाँसो देखाएनन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार जिल्लामा एउटा मात्र दमकल रहेको छ । २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा रेसुङ्गा नगरपालिकासँग मात्र दमकल छ । अन्य ११ स्थान्ीय तहसँग दमकल नभएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । दमकल खरिद सम्बन्धि प्रशासन कार्यालयमा छलफल भएपनि छलफलमा मात्र सिमीत भएको छ । २ स्थानीय तह बराबर १ दमकल खरिद गर्ने भनिएता पनि यो लागु भएको छैन । करोडौं मुल्यमा सरकारी गाडी किन्ने र करोडौं रकम भाडा तिरेर निजी गाडीमा सवार गर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले दमकलमा बढी रकम खर्च हुने भनेर दमकल खरिदमा पछि सरेका हुन् ।

प्रशासनसँग सुचना लुकाउँछन् स्थानीय तह

विलासीका लागि करोडौंका गाडी खरिद गरेका स्थानीय तहहरुले प्रशासनसँग सुचना समेत लुकाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले पटकपटक र पछिल्लो पटक ३ महिना अगाडी सरकारी सवारीसाधन संख्याको सुचना मागेपनि अहिलेसम्म कुनै स्थानीय तहले उपलब्ध नगराएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

आगलागीबाट ४ जनाको मृत्यु, १५ घर जलेर नष्ट
गुल्मीमा फागुन र चैत महिनामा आगलागी घटना बढेका छन् । जिल्लाका बिभिन्न स्थानमा आगलागीमा परी ४ जनाको ज्यान गएको छ । जिल्लामा करिब १५ घर आगोले जलेर पूर्ण रुपमा नष्ट भएका छन् । थुप्रै गोठहरुमा आगलागी हुदाँ गोठ जलेर नष्ट हुनुका साथै थुप्रै पशु चौपाय मरेका छन् ।

रेसुङ्गा नगरपालिका २ बागमारेमा पुर्णराम परीयार को श्रीमती ६५ बर्षकी हरीकला परीयार आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरको कम्मर मुनिको भाग जलि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । गुल्मी दरबार गाउँपालिका १ कुर्लिचौरमा नन्द बहादुर कुमालको श्रीमती ४२ बर्षकी मन कुमारी कुमालले आफ्नै घरमा खाना पकाउने क्रममा अचानक आफ्नो कपडामा सल्किन गई आगोले पोली उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मी धुर्कोट गाउँपालिका ७ वाग्ला धाराखोली बले सल्ला सामुदायिक वनमा आगलागी हुदाँ शंकर परियारको छोरी वर्ष ९ की संगिता परियार घर नजिकैको खोलामा नुहाई घर फर्कने क्रममा उक्त आगोलागीमा पर्दा मृत्यु भएको थियो । छत्रकोट गाँउपालिका १ हुँगामा लाल बहादुर गाहाकी श्रीमती ५२ बर्षकी मिना गाहा आफ्नै घरमा आगो ताप्ने क्रममा लुङ्गीमा पछाडी बाट आगो सल्कँदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कालीगण्डकी गाउँपालिका २ भयकोटमा स्थानिय बस्तीमा अचानक आगोलागि भएको छ । जित बहादुर सुनारको खरले छाएको १ तले घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको थियो । उर्मिला सुनारको खरले छाएको १ तले घर र गोठ पुर्णरुपमा रुपमा जली नस्ट भएको छ । तुल बहादुर सुनारको खरले छाएको १ तले घर पुर्णरुपमा जली नस्ट भएको प्रहरीले बताएको छ । सोही आगोकै कारण चन्द्र बहादुर सुनारको गोठ जली नस्ट भएको थियो । धन बहादुर सुनारको १ तले घर पुर्णरुपमा जली नस्ट भएको प्रहरीले बताएको छ ।

मालिका गाउँपालिका १ नेटा स्थित स्थानिय बस्तीमा अचानक आगोलागि भएको छ । तिल कुमारी श्रीसको २ तले कच्ची घर पुर्णरुपमा जलि नष्ट भएको र निजकै गोठमा रहेको १ भैंसी र ३ ओटा बाख्रा जलि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । टेक बहादुर श्रीसको १ तले खरले छाएको घर पुर्ण रुपमा जलि नष्ट भएको छ । मुसिकोट नगरपालिका ५ माथिल्लो धुमी स्थित जंगलमा आगलागी भएको छ । गुल्मी मुसिकोट नगरपालिका ५ खर्बाङमा पुरानो छोडेको बस्तीमा आगलागी हुन जाँदा घर पुर्ण रुपममा जलेर नष्ट भएका छन् ।

मुसिकोट नगरपालिका खर्बाङका अन बहादुर शार्कीको १ तले फुसले छाएको जिर्ण घर जली नस्ट भएको छ । दिल बहादुर बि.क.को १ तले फुसले छाएको जिर्ण घर जली नस्ट भएको छ । बल बहादुर कामीको १ तले फुसले छाएको जिर्ण घर जली नस्ट भएको छ । बेद बहादु शार्कीको १ तले फुसले छाएको जिर्ण घर जली नस्ट भएको छ । देवाने दमाईको १ तले फुसले छाएको जिर्ण घर जली नस्ट भएको छ । जुन आगोमा परी केशरे भट्टराईको १ तले फुसले छाएको जिर्ण घर जली नस्ट भएको छ । पदमपाणी परिवारको १ तले फुसले छाएको गोठ जली नस्ट छ । यो वस्तीमा अहिले मानिस नबस्ने प्रहरी कार्यालयले जनाएको छ । इस्मा गाउँपालिकाको अम्मरपुरमा जंगलमा लागेको आगो समुदायमा पसेपछि १ घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । साथै ४ वटा गोठहरु पुर्ण रुपमा जलेका छन् । दिउँसोमा लागेको कारणले मानविय क्षति तथा पशुचौपाया नमरेको त्यहाँका स्थानीयले बताएका छन् ।

इस्मा गाउँपालिकामा राम बहादुर अधिकारीको गाई गोठमा सामुदायिक वनबाट सल्की आएको आगोले गोठमा आगलागी हुदाँ ४ ओटा बाख्रा, १ ओटा भैसी, १ गोरु , १ गाई मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । मालिका गाउँपालिका ८ मा देव बहादुर बि.क. को गाई गोठमा तप सामुदायिक वनबाट सल्की आएको आगोले गाई गोठमा आगलागी हुदाँ गोठ पुर्ण रुपमा जलि नष्ट भएका छन् । मालिका गाउँपालिका ६ चिसापानीमा कृष्ण अधिकारीको ढुङगा, गारो र टिनले छाएको २ तल्ले घरमा आगलागी हुदाँ आगलागिबाट २ ओटा बोका जलि मरेको प्रहरीले बताएको छ ।

सत्यवती गाउँपालिका २ थुम्कामा पिपलपोखराको रानी सामुदायिक बनमा लागेको आगोका कारण थानेश्वर बि.क. को २ तलाको ढुङ्गा माटोले बनेको खरले छाएको घर र गोठमा अचानक आगलागी हुदाँ नगद सहित क्षति भएको छ । रेसुङ्गा नगरपालिका ५ लामडाडाँ स्थित सामुदायिक वनमा पनि आगलागी भयो । मदाने गाउँपालिका ६ धारचौर स्थित सुकपोखरी सामुदायिक वनमा पनि आगलागी भएको थियो । मालिका गाउँपालिका ७ घमिरमा चप सामुदायिक बन र ओख्लेको मालिका सामुदायिक बनमा आगो लागि भएको छ । फागुन र चैतमा मात्र जिल्लाभर २ हजार १ सय हेक्टर भन्दा बढी क्षेत्रफलको बन सखाप भएको छ ।

न्

SHARE