समाचार प्रभाव : अमर अर्बाथोकका रानाको उपचारमा १ लाख ३७ हजार आर्थिक सहयोग

0
823

रामकृष्ण कडेल
वैशाख २ ,२०७८ चारपाला गुल्मी : गुल्मीदरबार गाउपालिका वडा नम्बर ५ अमर अर्बाथोक रानाटोला निवासि हुम बहादुर रानाको छोरा लेख बहादुर रानाको आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको समाचार प्रकाशन भएपछि हालसम्म नगद जम्मा रु १ लाख ३७ हजार ७ सय आर्थिक सहयोग प्राप्त भएको छ ।
जनप्रतिनिधि एवम् समाजसेवी बाबुराम पन्तको र पत्रकार रामकृष्ण कडेलको पहलमा बिभिन्न सन्चारमाध्यममा समाचार प्रसारण भएपछी देश विदेशमा रहनुभएका परोपकारी नेपालि दाजुभाइ दिदिबहिनिहरुले उक्त रकम सहयोग गरेका हुन् । सहयोग गर्नेहरुमा ध्रुव राना रु १०००० , छत्र मिदुन र राजन ढेगा बाट सम्युत्त ८१०० ,धयरचौर चेलिवेटीबाट सम्युत्त ९००० बिजय श्रेष्ठ बाट ४१०० , माया धुरेलबाट रु ५००० , गुल्मीदरबार गाउपालिका वडा नम्बर ५ अमर अर्वाथोक ग्वालिन्चौर निवासि स्वर्गिय जमदार रन बहादुर परिवारका प्रेमकली थापा, तिल बहादुर थापा, दानबहादुर थापाबाट, गुन बहादुर थापा , रुद्र बहादुर थापा , सिता बुढामगर र राधा थापाले रु १०,१० हजार गरि जम्मा रु ७० हजार र माया श्रेष्ठ बाट रु ५५०० गुल्मीदरबार गाउपालिका चारपालावासि हाल रुपन्देहि वासिहरुको सम्युत्त सस्था ूगुल्मी चारपाला रुपन्देही सम्पर्क समाजबाट रु १० हजार , मान बहादुर सोमै बाट रु ५ हजार , हरि श्रेष्ठ (तालेघर) र उनका आफन्तहरुले ७ हजार र सम्भु दाजुबाट रु ४ हजार गरि जम्मा १ लाख ३७ हजार ७ सय नगद प्राप्त भएको रानाकी श्रीमति दिलमाया रानाले बताइन् ।
रानाको कलेजोमा समस्या आइ लुम्बिनि नर्सिङ होम बुटवलमा आइसियुमा उपचार भएको थियो । राना की बुहारि पद्मा राना तथा राना परिवारले सहयोगिहरुबाट उपचारमा नगद सहयोग भएकोमा खुशि ब्यक्त गर्दै सम्पुर्णलाइ धन्यवाद दिए ।अहिले बिरामि लेख बहादुर राना स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ उनी अस्पतालबाट डिस्चार्ज भै घर फर्केको परिवारले बताएको छ ।

SHARE