पत्रकार रमेश विश्वकर्मा सम्मानित

0
460

सन्तोष महतारा
बैशाख १,२०७८गुल्मी : गुल्मीका क्रियाशील पत्रकार रमेश विश्वकर्मा सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले पत्रकार विश्वकर्मालाई ‘चिन्तामणी निमकला उत्कृष्ट पुरस्कार’ बाट सम्मानित गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका निवर्तमान अध्यक्ष नवराज भुषालले जानकारी दिए ।
नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद हस्तान्तरण एवम् पुरस्कार वितरण कार्यक्रममा उनलाई नगद ५ हजार सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको हो । जिल्लामा रहेर पत्रकारिताको क्षेत्रबाट समाजका विकृती तथा अन्यायका विरुद्धमा आवाज उठाएर स्वच्छ समाज निर्माणमा सहयोग पुर्याएको भन्दै पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका संयोजक अनिल खत्रीले जानकारी दिए ।
कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष भुसालले नवनिर्वाचित अध्यक्ष टोपलाल अर्याललाई पद र निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । रमेश विश्वकर्मा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् ।
साथै ‘केशरजित उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट जनार्दन घिमिरे, हुमाकान्त पोखरेल र सूर्य सुनार पुरस्कृत भएका छन् । त्यतै ‘उत्कृष्ट जोखिम पत्रकारिता पुरस्कार’ बाट महेश बोहोरा र प्रेम सुनार, ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’ बाट अनिता खत्री, ‘उत्कृष्ट ग्रामिण पत्रकारिता पुरस्कार’ बाट युगराज बस्याल सम्मानित भएका छन् ।

SHARE