नयाँ बर्षको अवसरमा इश्मामा वृहत सरसफाई

0
463

सन्तोष महतारा
बैशाख १,२०७८ गुल्मी :गुल्मीको इस्मा गाउँपालिकामा नयाँ वर्ष “सफा गाउँ, हाम्रो अधिकार, हाम्रो कर्तव्य” भन्ने मुल नाराका वृहत सरसफाई कार्यक्रम गरी मनाइएको छ । गाउँपालीकाका सम्पुर्ण वडाहरुमा वृहत सरसफाई अभियानका साथ नया बर्ष मानाइएको नव प्रभात युवा संघले जनाएको छ ।
पछिल्लो समय आगलागी, प्लस्टिकको उच्चतम प्रयोग लगाएत अन्य विभिन्न कारणले वातवरण प्रदुषित भएको विषयलाई ध्यानमा राख्दै अभियान सञ्चालन गरिएको होे । इस्मा गाउँपालिकालाई सफा र स्वच्छ बनाउने उदेश्यका साथ यो अभियान सामुदायिक बिकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत वडा नं. १, २, ३ र ४ मा गठित ८० मुल तथा उपहार समुहले संयुक्त रुपमा आयोजना गरी इस्मा गाउँपालिका र नव प्रभात युवा संघ द्घारा सहजिकरण गरिएको हो ।
मुल तथा उपहार समुहको संयोजकत्वमा २०७७ चैत्र ३१ गते स्व सरसफाई र नव वर्षको पहिलो दिन गाउँपालिका स्तरिय वृहत सरसफाई अभियान गरिएको हो । चैत्र ३१ मा भएको स्व सरसफाईमा इस्मा गाउँकार्यपालिकाको कार्यालय अन्तरगत रहेका सम्पुर्ण सरकारी तथा गैर सरकारी कार्यलय, पसल, होटल, समुदाय तथा सम्पुर्ण जनमानसमा इस्मा गाउँकार्यपालिकाको कार्यालयको तर्फ बाट जानकारी गराई सरसफाईका लागी आवहान गरिएको थियो ।
जसमा व्यतिmले आफु, आफ्नो कार्यकक्ष, घर आगन, होटल, पसल सरसफाई गरी, फोहर व्यवस्थापन (डस्ट बिन स्थापना, नकुहिने फोहोरका लागी खाडल निमाण जस्ता कार्यहरु) गरिने छ । इस्मा गाउँपालिकालाई सफा र सुन्दर बनाउने अभियानमा कार्यपालिका प्रमुख उप–प्रमुख संगै सम्पुर्ण जनप्रतिनिधिहरुको संलग्नता रहने भएकाले अभियान निकै प्रभावकारी हुने स्थानियले अांकलन गरेका छन ।
नव वर्षको पहिलो दिन अर्थात वैशाक १ मा सम्पुर्ण जनसमुदाय मिली टोल (विद्यालय, अस्पताल, प्रतिक्षालय) तथा आफ्नो वरपर सरसफाई, फोहर व्यवस्थापन (डस्ट बिन स्थापना, नकुहिने फोहोरका लागी खाडल निमाण जस्ता कार्यहरु) भयो । यो कार्यले गाउ बसीमा सामाजिक सद्घभाव, मेलमिलाप, सामाजिक उत्तरदाइत्व, सहयोगको भावना जस्ता सकरात्मक पक्षहरुको उजागर गरेको छ ।
यस बर्ष बिगत भन्दा फरक तथा पृथक अन्दाजमा नया सालको स्वागतका लागी यो समय सरसफाइ र प्रकृति संग बिताएको समुह सदस्य हुमकला जि.सिले बताइन् ।

SHARE