गुल्मीमा बिभिन्न बिधामा आठ जना पत्रकार सम्मानित

0
390

हुमाकान्त पोखरेल
बैशाख १,२०७८ गुल्मी : गुल्मीमा सक्रिय रुपमा पत्रकारिता गर्ने आठ पत्रकार सम्मानित भएका छन् ।
नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद हस्तान्तरण एवम् पुरस्कार वितरण कार्यक्रममा पत्रकारहरुलाई सम्मान गरिएको हो । ‘केशरजित उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट जनार्दन घिमिरे, हुमाकान्त पोखरेल र सूर्य सुनार पुरस्कृत भएका छन् । त्यस्तै ‘उत्कृष्ट जोखिम पत्रकारिता पुरस्कार’ बाट महेश बोहोरा र प्रेम सुनार, ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’ बाट अनिता खत्री, ‘उत्कृष्ट ग्रामीण पत्रकारिता पुरस्कार’ बाट युगराज बस्याल तथा चिन्तामणी निमकला उत्कृष्ट पुरस्कारबाट रमेश विश्वकर्मा सम्मानित भएका छन् ।
जिल्लामा रहेर पत्रकारिताको क्षेत्रबाट समाजका विकृती तथा अन्यायका विरुद्धमा आवाज उठाएर स्वच्छ समाज निर्माणमा सहयोग पु¥याएको भन्दै पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका संयोजक अनिल खत्रीले जानकारी दिए ।
उनीहरुलाई नगद पाचँ हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष नवराज भुसालले नवनिर्वाचित अध्यक्ष टोपलाल अर्याललाई पद र माइनट हस्तान्तरण गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रावदेवी शर्मा, प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराई लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकै अवसरमा नेकपा माओवादी केन्द्र जिल्ला गुल्मीले पनि नवनिर्वाचित पत्रकारहरुलाई सम्मान गरेको छ ।

SHARE