जिप दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

0
564

बैशाख १,२०७८ गुल्मी : गुल्मीबाट प्युठानको स्वर्गद्धारीमा जाँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मृत्यु हुनेहरुमा जिल्ला प्रशासन कार्यालय गुल्मीका अन्दाजी ३९ बर्षका प्रशासकीय अधिकृत श्याम न्यौपाने ,सुर्य पन्थी ,मुद्धा शाखाका इश्वरी भण्डारी , खरिदार यमलाल पन्थी ,चालक केशब कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
घाइते ११ जना मध्ये सन्दिप परियार र सार्थक ज्ञवालीको अबस्था गम्भीर रहेको पाण्डेले बताए । अन्य घाइतेहरुमा सुनिता कंडेल ,बसन्ती पौडेल , निकीता पौडेल , गीता मुखिया , अनिष मुखिया , तारा भण्डारी , आशिष भण्डारी , दिलबहादुर थापा ,र कमला पन्थी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकाहरुलाई हेलीकोप्टर मार्फत काठमाडौँ लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु सवार लु १ज १६५५ नम्वरको जिप स्वर्गद्धारी नगरपालिका वडा नम्वर तीन रुमालेमा दुर्घटना भएको थियो ।
जिप सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । जिपमा प्रशासन कार्यालयका ९ जना कर्मचारी र उनका परिवार सहित १६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE