गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एकको मृत्यु ,चार जना गम्भीर घाइते

0
262

बैशाख १,२०७८ गुल्मी : गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् ।
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर तीन ठुलोलुम्पेकमा लु २ स ००९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा स्थानीय ३० बर्षिया तारा राहदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
दुर्घटनामा परी चारजना घाइते भएका छन् । घाइतेहरुमा सोही स्थानका ३० बर्षकी मिना राहादी , ३९ बर्षकी सङगीता राहादी , २५ बर्षकी बबिता तरामु र २ बर्षका ग्लाक्स तरामु रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेहरुको शरीरका बिभिन्न भागहरुमा चोट लागेकाले उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
सत्यवती बजै मन्दिरको दर्शन गरेर ठुलोलुम्पेक फर्कदैँ गर्दा करिब २ बजतिरे क्वाङखोलामा अटो रिक्सा दुर्घटनामा परेको हो र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।

SHARE