जिप दुर्घटना अपडेट : जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सहित तीन जनाको मृत्यु

0
828

बैशाख १,२०७८ गुल्मी : गुल्मीबाट प्युठानको स्वर्गद्धारीमा जाँदै गरेको जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने सहित तीन जनाको मृत्यु भएको छ । अन्य दुई जनाको पहिचान नखुलेको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
चार जनाको अबस्था गम्भीर रहेकाले गृह मन्त्रालयको समन्वयमा हेलीकोप्टर मार्फत काठमाडौँ पठाउने तयारी गरिएको भुसालले बताए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु सवार लु १ज १६५५ नम्वरको जिप स्वर्गद्धारी नगरपालिका वडा नम्वर तीन रुमालेमा दुर्घटना भएको हो ।
जिप सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । जिपमा प्रशासन कार्यालयका ९ जना कर्मचारी र उनका परिवार सहित १४ जना सवार रहेको भुसालले जानकारी दिए । घटनाको बारेमा बिस्तृत विवरण आउँन बाँकी छ ।

SHARE