गुल्मीमा नुहाउने क्रममा डुवेर २ बालकको मृत्यु

0
254

टोपलाल अर्याल
गुल्मी, ३१ चैत
गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा २ बालकको खोलामा डुवेर ज्यान गएको छ । मदाने गाउँपालिका १ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए । बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो । दुवै शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिए । प्युठान गौमुखी गाउँपालिका ५ खुँगकी बिष्णु विक छोरा गोविन्दसहित सोमबार मात्रै माइत सिर्सेनी आएकी थिइन् ।

SHARE